आजको पञ्चाङ्ग एवम् राशिफल (४ भदौ २०८० सोमबार, २१ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ भदौ २०८० सोमबार, २१ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० भाद्र ४ गते सोमबार तद्अनुसार सन् २०२३ अगस्त २१ तारिख श्रावणशुक्लपक्ष पञ्चमी तिथि चित्रा नक्षत्र शुभ योग बब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कन्या राशिमा १५ः०७ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३५ बजे हुनेछ । नागपञ्चमी, बिरुडापञ्चमी ।

आजको राशिफल

मेष – आज अलिक अस्वस्थता महसूस होला, जसका कारण काममा बाधा पुग्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ भने विभिन्न बाध्यताले अलमल्याउन सक्ने समय छ । यसका बाबजुद मेहनत गर्दा राम्रैसँग धन आर्जन होला । पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।

वृष – दिगो योजना प्रारम्भ हुन सक्छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेकोले सचेत भइ व्यवहार गर्नुहोला । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । आजको दिन वादविवादबाट बच्ने विशेष प्रयास गर्नुहोला । इष्टमित्रको साथ प्राप्त हुनेछ, आशा उत्साह थपिनेछ ।

मिथुन – ब्यस्ततका साथै सुख वृद्धि हुने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पुराना कुनैपनि मुद्दा–मामिलामा विजयी भइनेछ भने शत्रु र रोगबाट छुटकारा मिल्ने योग छ । व्यापार तथा उद्योगतर्फ सामान्य मात्र फाइदाको होला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले आजको दिन राम्रो छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । घरबाट टाढिएको सन्तान हुनुहन्छ भने आज घर र विशेषगरी आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा लाभ हुनेछ । धन आर्जनको योग छ । प्रेम र मित्रताको बन्धन कसिएला । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय भएपनि योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यका दृष्टिले पनि कमजोर भएको अनुभूति हुनेछ । यसका बाबजुद उद्योग र व्यापारमा विशेष फाइदा हुने योग छ । वैदेशिक कामकाजमा फाइदा होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । खर्च पनि वृद्धि होला । हुलमुलमा धनमाल हराउन सक्छ। सचेत रहनुहोला । साथीभाइको सहयोग आवश्यक पर्ने योग छ । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । तथापि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । साझेदारीको काम बन्नेछ ।

तुला – सहयोगीहरूले राम्रो साथ दिने तथा कर्मको उचित प्रतिफल पाइने समय छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । व्यवसायिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्ति होला । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

वृश्चिक – विगतका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मेहनतीहरूका लागि समय उत्साहजनक रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति पाहिने छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । आयबल बढ्ला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – कर्मबलका साथै दायित्व बढ्नेछ । आजको दिन धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । स्वास्थ्य सामान्य कमजोर रहनाले पढाइलेखाइमा खासै समय दिन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सचेत रहनुहोला । व्यर्थको खर्चले मन पिरोल्ला ।

मकर – भाग्यबल बढ्ने समय छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ, जित चाहिँ तपाईंकै हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्तको साथ मिल्नेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला । भोगविलासमा मन जाला ।

कुम्भ – लाभ हुने काम प्रारम्भ गर्ने समय छ, तर सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । नयाँ कामका योजनाहरु बन्लान् । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।

मीन – सफलताको दर वृद्धि हुने दिनछ । विभिन्न अवसरले पछ्याउने ग्रहयोग हुनाले आज काममा सहयोगीले साथ दिनेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । केही धन र बहुमूल्य बस्तु संग्रह हुन सक्छ । मानसम्मान मिल्नेछ, आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।