आजको पञ्चाङ्ग एवम् राशिफल (५ भदौ २०८० मंगलबार, २२ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ भदौ २०८० मंगलबार, २२ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र ५ गते मंगलबार तद्अनुसार सन् २०२३ अगस्त २२ तारिख शुद्ध श्रावणशुक्लपक्ष षष्ठी तिथि स्वाती नक्षत्र शुक्ल योग कौलव करण आनन्दादियोगमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ बजे भयो र सूर्यास्त साँझ १८ः३४ बजे हुनेछ । आज कल्कीजयन्ती ।

आजको राशिफल

मेष – रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा फाइदा हुनेछ । सामाजिक प्रतिष्ठा पाइनेछ भने शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिएला । उच्च महत्वाकांक्षाले सोचेको काम पूर्ण रुपमा सम्पादन गराउनेछ । मिठो भोजन प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । राजनीतिक पहुँच बढ्नेछ तर आर्थिक अभावले सताउने योग छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सचेतना अपनाउनु हितकर होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आम्दानी बढ्नाले उत्साह थपिनेछ, तर आज स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । काममा आफन्तको सहयोग जुट्नेछ । हातमा आएको अवसर जोगाउन विशेष प्रयत्न गर्नुपर्ला । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत भइ ब्यवहार गर्नुहोला । मान्यजन वा विशेषाधिकारीबाट धोका हुन सक्ने योग छ । रसरागमा रुचि बढ्नेछ । मिठो भोजन मिल्ने समय छ ।

कर्कट – प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने र आत्मीयजनसँग भेटघाट हुने दिन छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । सुखद समाचारले काममा उत्साह जगाउला । प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुने योग छ । मान-महत्व बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ भने बौद्धिक र रचनात्मक काम बन्नेछ ।

सिंह – साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुने समय छ । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने छ । व्यापार-व्यवसायमा फाइदा हुनेछ । भूमि व्यवसायबाट प्रशस्त फाइदा मिल्नेछ । आरोग्यता बढ्नेछ । पारिवारिक सुखशान्ति मिल्नेछ ।

कन्या – दिन त्यति शुभदायी देखिन्न । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ, विवेकपूर्ण व्यवहार गर्नु हितकर होला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । ठगीमा परिने योग रहेकोले आजको दिन विशेष सचेतना अपनाउनुहोला । यात्रामा सफलता प्राप्त हुने समय छ ।

तुला – लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । जीवनसाथीको स्वास्थ्यप्रति चिन्ता जाग्न सक्छ, तर धैर्य राख्नु हितकर होला । दिदिबहिनीमा केही असमझदारी बढ्न सक्छ । खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ने योग रहेकोले सावधानी अपनाउनुहोला । कार्यव्यपारमा सफलता मिल्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – राजनीतिक पहुँच बढ्नुका साथै कुनै नयाँ काम प्रारम्भ हुने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुने योग छ । विशेष काम सुरु गर्ने मौका मिल्नुका साथै आर्थिक समस्या पनि समाधान हुने देखिन्छ । शत्रुजन परास्त हुनेछन्, तर मित्रजनसँग वैमनश्यता बढ्न सक्छ, सावधान रहनुहोला । खर्चमा सामान्य वृद्धि होला ।

धनु – आय र आरोग्यता बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तानले प्रशन्नता दिलाउने योग छ । सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । यसका बाबजुद प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने योग छ । स्वास्थ्यमा भने सामान्य समस्या आउन सक्छ । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आजको दिन पारिवारिक सम्बन्ध अलिक कमजोर भएपनि आर्थिक समस्या समाधान हुनेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । आफन्तजनले तपाईंको कामप्रति गुनासो गर्न सक्छन् । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । सन्तानको सुख मिल्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । रसरागको भव वृद्धि हुनेछ ।

मीन – दौडधुप बढ्नेछ तर विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । स्वास्थ्य सबल बन्नेछ भने पराक्रम बढ्नेछ । धनलाभको योग छ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त होला ।