आजको पञ्चाङ्ग एवम् राशिफल (६ भदौ २०८० बुधबार, २३ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ भदौ २०८० बुधबार, २३ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र ६ गते तद्अनुसार सन् २०२३ अगस्त २३ तारीख बुधबार श्रावण शुक्लपक्ष सप्तमी तिथि विशाखा नक्षत्र ब्रह्मा योग गर करण आनन्दादिमा धाता योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३३ बजे हुनेछ । गोस्वामी तुलसीदास जयन्ती, अमुक्ताभरण सप्तमी, गौरासप्तमी, डोलेश्वर उत्सव ।

आजको राशिफल

मेष – रोकिएको काम बन्नुका साथै आजको दिन नयाँ काम प्रारम्भ हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् भने अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । टाढाको यात्रा पनि हुन सक्छ । दाम्पत्यसुख बढ्नेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रम्नुहुनेछ ।

वृष – केही खर्च लागे पनि आज चिताएको काम बन्नेछ । तथापि, सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । आरोग्यताका साथै साहस वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – अस्वस्थताका बीच कामको बोझ बढ्ने समय छ । आज कुनै अवसर प्राप्त भए पनि इर्ष्यलुजनले अवरोध गर्न सक्छन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । कुरा लगाउनेहरू सक्रिय होलान् । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । तपाईंको विवेकले समस्याको समाधानमा सहयोग गर्नेछ । यात्रा सफल होला ।

कर्कट – व्यस्तता बढ्नेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुने समय छ । तर, अर्काको भर पर्दा काममा धोका हुन सक्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापार ब्याबसायमा भने राम्रै फाइदा हुने योग छ । अरुको भर नपरी आफ्नै पौरख देखाउने प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – सामान्यतया दिन राम्रै रहेको छ । नयाँ काममा हात हाल्ने योग छ । अध्ययन तथा अध्यापनमा प्रगति होला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । पराक्रम बढ्नेछ । कलात्मक काममा सफलता हासिल होला ।

कन्या – आजको दिन परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आरोग्यता वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहने समय छ । विशेष अवसर प्राप्त भए पनि खुट्टा तान्नेहरूले दुःख दिन सक्छन् । आफ्नाबाटै धोका पाइने योग छ । अनायसै खर्च पनि हुन सक्छ । सानातिना घरेलु काममै अल्झनुपर्ने दिन छ । रसरागमा भने आकर्षण रहला । योजना र बजेट बनाएर मात्र काममा हात हाल्नुहोला ।

वृश्चिक – आज ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । तथापि, अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । दाम्पत्यसुख बढ्नेछ ।

धनु – विशिष्ट व्यक्तित्वको सहयोगबाट विशेष अवसर प्राप्त हुने समय छ । दिगो आम्दानी हुने काम सुरु हुनेछ भने प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रो फाइदा हुनेछ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्ने योग पनि रहेकोले आज विशेष चनाखो रहनु हितकर हुनेछ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

मकर – कर्मबल बढ्नेछ, तर आजको दिन खास अनुकुल नरहन सक्छ । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । यसका बाजुद कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । सन्तानको सुख प्राप्त होला । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सोचेको काम समयमा नबन्नाले दुःख पाइएला । नियमित कामकै चिन्ताले सताउन सक्छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । रचनात्मक कार्य बन्नेछ ।

मीन – दिन राम्रो छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छ । मेहनत गर्दा अवसर पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ । आरोग्यता र रसरागको भाव वृद्धि होला । सामर्थ्य र साहस बढ्नेछ ।