आजको पञ्चाङ्ग एवम् राशिफल (७ भदौ २०८० बिहीबार, २४ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ भदौ २०८० बिहीबार, २४ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र ७ गते बिहीबार तद्अनुसार सन् २०२३ अगस्त २४ तारिख शुद्ध श्रावण शुक्लपक्ष अष्टमी तिथि अनुराधा नक्षत्र ऐन्द्र योग भद्रा करण आनन्दादियोगमा आनन्द योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः३९ बजे भयो र सूर्यास्त साँझ १८ः३२ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, दुर्वाष्टमी व्रत, गौरापर्व, थकाली फालोपर्व ।

आजको राशिफल

मेष – बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्ने योग रहेको दिन छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । प्रतिस्पर्धामा विजयी भइनेछ । केही मात्रामा दौडधुप र जोखिम बढ्न सक्छ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षले सुख दिलाउलान् ।

वृष – भाग्योन्नतिको समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ भने ब्यवसायमा लाभ होला । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । स्वादिष्ट भोजनको आनन्द पाइएला । सामान्य अस्वस्थताको अनुभूति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिने योग छ । रसरागमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – अध्ययनमा प्रगति हुने र चिताएको कामसमेत सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तथापि, विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – व्यस्तता बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । नयाँ काम गर्ने अवसर प्राप्त होला । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउला । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने योग पनि छ, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । तर, स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउन सक्छ । योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आर्थिक पक्ष सुदृढ रहला । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । आरोग्यता वृद्धि होला । शुभ काममा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । सहयोगीहरूले आज साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुने समय छ । टाढाको यात्रा हुने देखिन्छ, तर अनावश्यक यात्रालाई टार्नु हितकर होला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ । आयआर्जन राम्रै रहला । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – कर्मबल वृद्धि हुनेछ । काममा पारिवारिक सहयोग प्राप्त हुनेछ, तर दोधारको अवस्था सिर्जना होला । स्वास्थ्य सामान्य कमजोर रहला । पहिलेका कमी–कमजोरीलाई सुधार गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । मित्रजनको सहयोग रहला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – कर्मबल बढ्नेछ, तर आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकोले तौलेर बोल्नु उचित हुनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । राम्रै धन आर्जन हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।