आजको पञ्चाङ्ग एवम् राशिफल (८ भदौ २०८० शुक्रबार, २५ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ भदौ २०८० शुक्रबार, २५ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० भाद्र ८ गते शुक्रबार तद्अनुसार सन् २०२३ अगस्त २५ तारिख श्रावणशुक्लपक्ष नवमी तिथि ज्येष्ठा नक्षत्र वैधृति योग बालब करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ मा भयो र सूर्यास्त साँझ १८ः३१ बजे हुनेछ ।

आजको राशिफल

मेष – भाग्योदयको समय रहेको छ । नसोचेको ठाउँबाट केही लाभ होला । प्रतिस्पर्धीहरू पछि पर्नेछन्् । अरुले विशेष लाभका लागि आज धैर्यधारण गरी परिश्रम गर्नुपर्नेछ । प्रशंसकहरू बढ्नेछन् भने पारिवारिक सुख मिल्ने समय छ । व्यापार तथा उद्योगमा फाइदाको योग छ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भइ प्रतीक्षा गर्नुहोला । अधुरो काम सम्पन्न हुने दिन छ । पैतृक सम्पतिबाट लाभ हुनुका साथै धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । रमाइलो तरिकाले काम गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । सन्तान सुख मिल्नेछ । स्वास्थ्यमा सामान्य प्रतिकुलता रहनेछ, तथापि रसरागको भाव बढ्ला ।

मिथुन – आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अरुको भर पर्दा धोका हुन सक्छ, सहयोगको आशा देखाउनेहरूबाट सतर्क रहनु हितकर हुनेछ । केही विवादमा समेत परिने योग रहेकोले सावधान रहनुहोला । शरीरिक तथा मानसिक आलस्यता बढ्नेछ भने झैभगडा हुनसक्ने योग छ । इष्टमित्र एवम् सन्तान पक्षबाट भने सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । जगिरका क्रममा समस्या आउन सक्छ भने परिवारजनसँग पनि असमझदारी बढ्ने योग छ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । तथापि, मिठो भोजन प्राप्त हुने, शत्रुमाथि विजय मिल्ने र रसरागमा आकर्षण बढ्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – दिन मनोरञ्जनपूर्ण रहला । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने योग छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । यात्रामा भने विशेष सावधानी अपनाउनुहोला । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – तपाईंको कामको प्रशंसा हुने समय छ । नोकरी तथा राजनितीमा गरेका प्रयास फलदायी रहनेछन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मान-सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला – स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्ने समय छ । नयाँ कामको थालनी आज नगर्नु हितकर होला । बाध्यताका काममा जुट्नुपर्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ कम बोलेर काम निकाल्ने प्रयास गर्नु हितकर हुनेछ ।

वृश्चिक – राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनलाभ हुन सक्छ भने प्रेमको प्रसंग सुखद रहला । ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर होला । समर्थन गर्नेहरु बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – परिवारमा खुशीको माहोल छाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ भने यात्राको योग पनि रहेको छ । कुनै योजना अधुरो छ भने प्रयासलाई जारी राख्नु हितकर होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । जागीरमा भने केही समस्या देखापर्ने योग छ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग–समर्थन प्राप्त हुनेछ ।

मकर – व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्ने छन् । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – केही खर्च लागे पनि नयाँ पोशाक एवम् मीठो खानाको आनन्द मिल्ने दिन छ । सोचेअनुसार काम बन्न भने अझै समय पर्खनुपर्ला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक कठिनाइ झेल्नुपर्ने हुन्छ । कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न नसकिने समय छ । बोली र व्यक्तित्वको प्रभाव भने रहनेछ । बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – सौभाग्य र आरोग्य बढ्नेछ । नोकरीमा बर्चस्व बढाउन सकिने समय छ । अधुरा काम बन्ने तथा नयाँ काम मिल्नेछ । विद्यामा भने समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।