आजको पञ्चाङ्ग एवम् राशिफल (९ भदौ २०८० शनिबार, २६ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ भदौ २०८० शनिबार, २६ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र ९ गते तद्अनुसार सन् २०२३ अगस्त २३ तारिख शनिबार श्रावण शुक्लपक्ष दशमी तिथि मूल नक्षत्र विषकुम्भ योग तैतिल करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त सांझ १८ः३० बजे हुनेछ ।

आजको राशिफल

मेष – बन्न लागेको पनि बिग्रन सक्ने दिन छ विशेष चनाखो रहनु हितकर होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । खास योजना गोप्य राख्नुहोला । आफन्तजन या अर्काकै काममा आजको दिन बित्ने योग छ । आत्मविश्वास भने कायम रहनेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – नवीन योजनाहरु सिर्जना हुने तथा आम्दानी प्रशस्तै बढ्नेछ दिन छ । अधुरा काम बनी मन हर्षित होला । परिश्रम गर्दा अरुको विश्वास जित्न सकिनेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । जाँगर आउनुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मान यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मिथुन – कामहरु सजिलैसँग बन्ने समय छ । भौतिक साधन जुट्नेछन् भने आश मारेको रकम उठ्ने योग हुनुका साथै मन प्रफुल्ल रहला । प्रेममा सफलता मिल्नेछ । कामको इच्छाशक्ति पनि बढ्नेछ । सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – गलत विचार बढने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने समय छ । शरिरमा आलस्यता छाउने देखिन्छ भने कसैसंग सामान्य बादविवाद हुन सक्छ । इर्ष्या गर्नेहरु सक्रिया होलान्, सावधान रहनु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – व्यापारमा सफलताले मन रमाउन छ । धन र मान-सम्मान कमाउने अवसर मिल्नेछ । जागीरमा भने ठिकै छ । वशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । रचनात्मकता र रसरागको भाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ने समय छ ।

कन्या – उत्साहजनक समय छ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । तपाईंप्रति ठूला व्यक्तिको आशा र भरोसा पनि रहनेछ । धार्मिक काममा मन जानेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

तुला – सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जानेछ । सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केहि पीडा होला । आरोग्यता वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर होला ।

वृश्चिक – स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुपर्ने समय छ । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ला । सोच्दैनसोचेको ठाउँमा पैसा जाने दिन छ ।सुख सुविधाको वस्तुमा खर्च हुने योग छ ।

धनु – दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउनेछन् । काम गर्ने जाँगर बढ्ने छ । नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ । आय बृद्धि होला । आरोग्यबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । सुख वृद्धि होला । विगतको श्रमबाट पनि धन लाभ हुने योग छ । मिष्ठान्न भोजनको आनन्द मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – यात्राको लागि एकदम राम्रो समय रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । साथीभाइसंग रमाइलो भेटघाट होला । नौलो स्थानको यात्रा हुने योग छ । रोकिएका कामहरु बन्नेछन् । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – समय त्यति राम्रो छैन, बाध्यतापूर्ण काममै समय बित्न सक्छ । स्वास्थ्य पनि सामान्य कमजोर रहला । ब्यापार ब्यवसायमा घाटा ब्यहोर्नु पर्ने योग रह्कोले सावधान रहनुहोला । सोचेअनुसार काम बन्न कठिन छ । धैर्यले काम गर्नु हितकर हुनेछ । आफन्तको साथ कमै मिल्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य भने बढ्नेछ ।