आजको पञ्चाङ्ग एवम् राशिफल (१० भदौ २०८० आइतबार, २७ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० भदौ २०८० आइतबार, २७ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र १० गते आइतबार तद्अनुसार सन् २०२३ अगस्त २७ तारिख शुद्ध श्रावणशुक्लपक्ष एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र प्रीति योग वणि करण ०ः५५ पर बन करण आनन्दादियोगमा शुभ योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० बजे भयो र सूर्यास्त साँझ १८ः२९ बजे हुनेछ । पुत्रदाएकादशीव्रत ।

आजको राशिफल

मेष – मित्रजन रुष्ट हुने र चिताएको काममा चुनौती खडा हुने समय छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइने योग छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । मिठो भोजन प्राप्त होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – पारिवारिक समस्या बढ्ने देखिए पनि आजको दिन आयआर्जन सन्तोषजनक रहने छ । रुचिका विषयमा लगानी बढाउने समय छ भने नसोचेको ठाउँबाट आम्दानी हुने योग छ । अनौठो तरिकाबाट धन आर्जन हुन सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विलासी काममा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – मन प्रफुल्ल रहनुका साथै काममा जोश जाँगर आउला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने वा आर्थिक लाभ हुने दिन छ । सेयरबजारका काममा पनि सफलता मिल्ने समय छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनेर मन हर्षित होला । दाम्पत्य सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आज आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । वादविवादमा पर्नुबाट बच्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ । अनावश्यक कुरामा धन खर्च होला । परिवारजनमा असमझदारी बढ्ने तथा मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्ने योग भएकोले विवेकपूर्ण व्यवहारको चेष्टा गर्नुहोला । मानसम्मान ख्याति फैलिनेछ ।

सिंह – दिन चुनौतीयुक्त रहला, तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नोकरीमा झमेलाको सामना गनुपर्ने योग रहे पनि ब्यापारमा भने लाभ मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । मित्रजनको साथ मिल्नेछ । प्रेमभाव बढ्नेछ । पारिवारिक सुख मिल्ने समय छ ।

कन्या – व्यस्तता वृद्धि भएपनि सोचेको काम बन्नाले मन हर्षित होला । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त तथा मित्रहरूसँग भेटघाट र रमाइलो गरिनेछ । मान-सम्मान बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – सामान्यतया दिन ठिकै छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ भने पारिवारिक सुखसमृद्धिमा वृद्धि हुनेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने समय छ । नोकरीमा भने समस्या देखा पर्न सक्छ । पराक्रम वृद्धि हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – सानातिना काम या घरेलु समस्यामा अल्झनुपर्ने समय छ । सहज स्वास्थ्यका लागि खानपिनमा विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षति हुनसक्ने योग भएकोले आज विशेष सचेतना अपनाउनु हितकर हुनेछ । नसोचेको ठाउँमा धन खर्च होला । सुख सुविधाको वस्तुप्रति लालसा बढ्नाले खर्चको मात्रा वृद्धि हुन सक्छ । योजना र बजेट बनाएर मात्र अघि बढ्नु हितकर होला । शत्रुपक्ष परास्त हुने योग छ ।

धनु – रोकिएका कामहरु बन्ने दिन छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । नयाँ जिम्मेवारी पाइएला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । ब्यापार–ब्यावसायबाट राम्रो लाभ लिन सकिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – उत्साहवर्द्धक समय छ । ब्यापार ब्यावसायबाट विशेष फाइदा होला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला । प्रशंसकहरू बढ्नेछन् । काममा जाँगर चल्नेछ । दिन रमाइलो साथ बित्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धन प्राप्त हुनसक्छ । आफन्तजनको सहयोग पनि प्राप्त होला । अवसर आए पनि नयाँ योजनामा विचारे गरेर मात्र हात हाल्नु शुभदायी हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – स्वास्थ्यगत कमजोरीले सताउन सक्छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने योग छ । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ, धैर्य राख्नुहोला । अनावश्यक रुपमा पैसा खर्च हुन सक्छ । आज काममा खासै मन जाने देखिँदैन । तथापि, समस्याको समाधान मिल्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।