भारत सरकारले उसिना चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने

भारत सरकारले उसिना चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने


विश्वव्यापी मूल्यमा थप वृद्धि हुने सम्भावना

भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ । आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले त्यहाँको अर्थ मन्त्रालयले गत शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो ।

सम्बद्ध अधिकारीहरूका अनुसार निर्यात शुल्क तत्काल कार्यान्वयन गरी आगामी अक्टुबर ३१ सम्म लागु हुनेछ ।

यो नयाँ प्रतिबन्धसँगै भारतले अब सबै प्रकारका गैर–बासमती चामलमा प्रतिबन्ध लगाएको छ, जुन भारतको कुल चामल निर्यातको लगभग २५ प्रतिशत हो ।

यसको निर्यातमा २० प्रतिशत भन्सार दर लागू गर्दा विश्वव्यापी मूल्यमा थप वृद्धि हुने सम्भावना छ ।

गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा प्रभाव पार्ने र बाँकी विश्वमा खाद्य पदार्थको मूल्यमा उतारचढाव बढाउने बताएको र एक निश्चित श्रेणीको चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।