नेपाल वायुसेवा निगमले यही भाद्र १२ गते (२९ अगष्ट २०२३) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ ।
भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।
उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्नेछ । तत्पश्चात ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङ्गकङ्ग जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् । यात्रुको सुविधाको लागि चेक इन गर्दाकै वखत गन्तव्य सम्मकै र्बोिर्डङ्ग पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको छ ।
यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइट www.nepalairlines.com.np मा log on गरि online बाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिइ सहज रुपमा यात्रा गर्न सक्ने प्रवक्ता रमेश पौडेलले जनाएका छन् ।
प्रतिक्रिया