ललितपुर उद्योग वाणिज्य संघको आसन्न ४४औं साधारणसभा तथा अधिवेशनका लागि सम्बद्ध क्षेत्रका विभिन्न व्यवसायिक व्यक्तित्वहरुले उम्मेदवारी घोषणा गरेका छन् ।
संघको निर्वाचनको लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तथा युवा उद्यमी विश्वराज बज्राचार्यले अध्यक्षमा आफ्नो दाबी पेस गरिसकेका छन् भने उनको समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान संस्थागत उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठ, महासचिव पदमा वर्तमान कोषाध्यक्ष भूमिनन्दन कर्माचार्य र कोषाध्यक्ष पदमा वर्तमान कार्यसमिति सदस्य मिलन शाक्यले उम्मेदवारी घोषणा गरेका छन् ।
आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमुलस्थित यल दरबारमा संघको साधारण सभा र २० गते स्टाफ कलेज जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया