चुम्बन काण्डले स्पेनी फुटबलको ऐतिहासिक उपलब्धि नै ओझेलमा

चुम्बन काण्डले स्पेनी फुटबलको ऐतिहासिक उपलब्धि नै ओझेलमा


स्पेनिस फुटबलका महान् खेलाडी आन्द्रेस इनिएस्टाले महिला विश्वकपको फाइनलपछि जेन्नी हर्मोसोसँग जबर्जस्ती चुम्बन गर्दा स्पेनी फुटबलको छविमा क्षति पुगेको बताएका छन् ।

इनिएस्टाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘म एक व्यक्तिको, तीन छोरीहरूको बुबाको, एक पतिको र एक फुटबलरको रूपमा’ हाम्रो फुटबल र स्पेनिश महिला राष्ट्रिय टोलीको वरिपरि के भएको छ भनेर आफ्नो दुःख व्यक्त गर्न चाहन्छु ।’

सन् २०१० को पुरुष फाइनलमा नेदरल्याण्ड्सविरुद्ध गोल गरी स्पेनलाई उपाधि दिलाउन सफल इजिरेका गोलकर्ताले भने, “विश्वकप जित्ने एक टोलीको सदस्यका रूपमा मलाई उहाँको उक्त कार्य (चुम्बन)ले हाम्रो उपलब्धिलाई कलङ्कित गरेको महशुस भएको छ ।”

सिड्नीमा इङ्ग्ल्याण्डविरुद्धको फाइनलमा १–० को जित हात पारेपछि हर्मोसोले ओठमा चुम्बन गर्न आफूले कुनै पनि समयमा सहमति नदिएको बताएकी थिइन् ।

हर्मोसो र स्पेनका अन्य ८० खेलाडीले नेतृत्व परिवर्तन नभएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् ।

महिला टोलीका अधिकांश प्रशिक्षकले पनि राजीनामा दिएका छन् ।

“राष्ट्रिय टोलीका सबै खेलाडीले अहिले कस्तो महसुस गरिरहेका छन् म कल्पना पनि गर्न सक्दिनँ । उनीहरूले आफूसँग भएको महान् प्रतियोगिता र हामीलाई सिकाएको शानदार फुटबलको बारेमा कसरी कुरा गरिरहेका होलान्,” इनिएस्टाले भनेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्सलाई ९० दिनका लागि निलम्बन गरेको थियो ।

स्पेनी महासङ्घले रुबियाल्सले आफ्नो बचाउ गर्ने उल्लेख गर्दै भनेको छ, ‘… सत्यको विजय हुन्छ र उनको पूर्ण निर्दोषता प्रमाणित हुन्छ ।’

स्पेनको खेलकुदसम्बन्धी प्रशासनिक अदालत (टीएडी)ले सोमबार बस्ने बैठकमा ४६ वर्षीय रूवियाल्सलाई अध्यक्षको जिम्मेवारीबाट निलम्बन गर्न सरकारले गरेको अनुरोधमाथि विचार गर्ने स्पेनी सञ्चारमाध्यमले आइतबार रिपोर्ट गरेपछि थप जटिलताको सामना गर्नुपर्ने सम्भावना बढेको छ ।

ज्ञातव्य छ, स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ ।

महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई ९० दिनका लागि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले निलम्बन गरेको छ । फिफा अनुशासन समितिले प्रशिक्षक रुबियाल्सबारे उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ ।

चार दिनअघि अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो । प्रशिक्षक रुबियालेसले चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरह भएपछि उनले क्षमायाचना गरेका थिए । तथापि, उनले सहमतिमा चुम्बन गरेको बताएका छन् भने खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् । स्पेनको पहिलो महिला विश्वकप उपाधिको ठूलो उपलब्धिलाई चुम्बनले ओझेलमा पारेको छ ।