आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०८० मंगलबार, २९ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०८० मंगलबार, २९ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० भाद्र १२ गते तद्अनुसार सन् २०२३ अगस्त २९ तारिख मंगलबार श्रावण शुक्लपक्ष त्रयोदशी तिथि श्रवण नक्षत्र शोभन योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२७ बजे हुनेछ ।

आजको राशिफल

मेष – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिले पनि आजको दिन मनमा चिन्ता बढ्ने योग छ । धनमाल हराउने र सामान्य रोगले सताउने सम्भावना रहेकोले सावधानी अपनाउनु हितकर होला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, सचेत रहनुहोस् खाद्यान्नसम्बन्धी व्यवसायमा भएका व्यक्तिलाई लाभ हुने समय छ । कर्मबल बढ्नेछ भने शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज खर्च बढ्ने तथा लेनदेनमा विवाद हुन सक्छ, संयम भएर काम गर्नुहोला । चिताएको काम पुरा गर्न चुनौती खडा हुने समय छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्न सक्छ । तथापि, उत्साहजनक समाचारले हर्ष बढ्नेछ । आफन्त मिलनले सुख प्रदान गर्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या सुल्झिनेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिने समय छ । नयाँ सवारी साधन प्राप्तिको योगसमेत देखिन्छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । व्यापारमा सफलताका साथै यात्रा गर्ने अवसर पनि मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने समय छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफल भइएला । गुरुजनको विशेष सहयोग जुट्नुका साथै धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख प्राप्त होला ।

सिंह – काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने समय छ । तर, आश्वासन दिएर झुक्याउनेहरूले सताउने योग रहेकोले गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका तथा वादविवादको सामना गर्नुपर्ला । यसका बाबजुद नयाँ कामको योजना बन्ने सम्भावना छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – प्रेमबल वृद्धि हुनेछ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने समय छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर मिल्ला । जागिरको काममा भने डर हुनेछ । आज विशेषतः आगो र मेसिनरी सामग्रीबाट जोगिनु हितकर होला । समस्याको समाधान मिल्नेछ, कार्यगति बढ्नेछ ।

तुला – व्यापार र रोजगारीका क्षेत्रमा लाभ प्राप्त होला । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । धन आर्जनका लागि राम्रो समय छ । आरोग्य वृद्धि हुनेछ भने रसरागमा आकर्षण रहनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर होला ।

वृश्चिक – नयाँ ज्ञान प्राप्त हुने समय छ । अप्रत्याशित लाभ हुनुका साथै नयाँ कामका स्रोत फेला पर्लान् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । दिन मनोरञ्जनपूर्ण रहला । पराक्रम बढ्नुका साथै ऋण, रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । अनावश्यक झमेलामा परिने योग हुनाले सतर्कताको खाँचो छ । स्वास्थ्यका लागि खानामा सावधान रहनुहोला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – रमाइलो तरिकाले कामहरु गर्न पाइने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । तथापि, पीडा दिनेहरुको सक्रियता बढ्ने सम्भावना रहेकोले सावधान रहनु हितकर होला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – सोचेभन्दा बढी नै लाभ हुनसक्ने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला, जसबाट विशेष सुख मिल्ने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – आयबल र आरोग्य बढ्ने समय छ । व्यवसायका लागि यात्राको सम्भावना छ, अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । दाम्पत्य जीवन सुखद रहला । काममा मन प्रशस्त मन जानेछ । धनमाल कमाउने दिन छ । रसरागमा आकर्षण बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । स्वास्थ्य भने सामान्य कमजोर रहन सक्छ ।