आजको पञ्चाङ्ग एवम् राशिफल (१४ भदौ २०८० बिहीबार, ३१ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ भदौ २०८० बिहीबार, ३१ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १४ गते तद्अनुसार सन् २०२३ अगस्त ३१ तारिख बिहीबार श्रावणशुक्लपक्ष पूर्णिमा तिथि ७ः४९ पर भाद्रपद कृष्णपक्षको प्रतिपदा तिथि शतभिषा नक्षत्र सुकर्म योग बालब करण आनन्दादिमा वज्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२४ बजे हुनेछ । ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन, गाईजात्रा ।

आजको राशिफल

मेष – व्यावसायिक काममा फाइदा हुने तर आर्जित रकम बचत नभई तत्काल खर्च हुने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ पुग्ला । आजको दिन अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । रसरागको भाव वृद्धि हुनेछ । सन्तानसुखको योग छ ।

वृष – कर्मबल बढ्नेछ । काममा मातापिताको सहयोग प्राप्त भइ प्रतिष्ठित काम गर्ने अवसर जुर्न सक्छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तथापि विगतका निर्णयले काम बिग्रन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ प्रप्त होला ।

मिथुन – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ कामको लागि उपयुक्त समय नभएपनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । व्यापारमा फाइदा हुने योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कामको चापबाट मुक्त रही विश्राम पाइने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउला ।सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । समयमा होश नपुग्नाले खर्च भने बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग छ, सावधान रही कर्म गर्नुहोला । दौडधुप बढ्नेछ ।

सिंह – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने तथा रमाइलो यात्राको अवसर जुर्ला । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु हितकर हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सावधान रहनुहोला । बौद्धिक, रचनात्मक तथा कलात्मक कामले गति लिनेछ ।

कन्या – आजको दिन चुनौतीयुक्त रहला । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रम गरेर पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही पर्खंदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा भने राम्रै प्रगति होला । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च बढ्ने योग छ । तथापि, पराक्रम वा साहस वृद्धि हुनेछ । कुनै उपायले समस्याको समाधान मिल्नेछ ।

तुला – प्रेमभाव र आरोग्यता वृद्धि हुने भए पनि आजको दिन लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । पठन-पाठनमा त्यति समय दिन नसकिएला । व्यस्तता बढ्नेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च होला । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्ने समय छ । पराक्रम बढ्नेछ । विवेकको सही प्रयोगले प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका मिल्ने देखिन्छ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । मिठो भोजन प्राप्ति एवम् गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय भएपनि व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने योग छ । व्यापारमा पनि राम्रै फाइदा होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । पारिवारिक सुख मिल्ला । आयस्रोत बढ्नेछ ।

कुम्भ – आजको दिन इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला, तर प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने दिन छ । आरोग्यता बढ्नेछ ।

मीन – प्रतिष्ठित काम गर्ने समय छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । स्वास्थ्य भने सामान्य कमजोर रहला । काममा अवरोध गर्न खोज्नेहरू परास्त होलान् । सन्तानसुख मिल्नेछ । आयआर्जन राम्रै होला । रसरागमा आकर्षण बढ्ला । वातासँग सम्बन्धित काम बन्नेछ । यात्रा सफल हुनेछ ।