शक्तिशाली आँधी ‘साओला’ नजिकिँदै गर्दा हङकङ र दक्षिण चीनका अन्य भागहरूमा सावधानी

शक्तिशाली आँधी ‘साओला’ नजिकिँदै गर्दा हङकङ र दक्षिण चीनका अन्य भागहरूमा सावधानी


शक्तिशाली आँधी ‘साओला’ नजिकिएसँगै हङकङ र दक्षिणी चीनका अन्य भागका अधिकांश भाग शुक्रबार देखि नै ठप्प भएका छन् ।

धेरै कामदारहरू घरमा बसे र विभिन्न शहरहरूमा विद्यालयहरूले अर्को हप्तासम्मका लागि नियमित कक्षाह स्थगित गरेका छन् । हङकङको शेयर बजारमा कारोबार बन्द गरिएको छ र प्रमुख क्षेत्रीय व्यापार र पर्यटकीय क्षेत्रमा लगभग ४६० उडानहरू रद्द भएपछि सयौं मानिसहरू विमानस्थलमा फसेका छन् ।

चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार चीनको गुआङडोङ प्रान्तमा प्रवेश गर्ने वा बाहिरिने सबै रेललाई शुक्रबार रातिदेखि शनिबार साँझसम्मका लागि स्थगन गरिएको छ ।

हङकङ अब्जरभेटरीले १० नम्बरको आँधीको सङ्केत जारी गरेको छ, जुन शहरको मौसम प्रणालीअन्तर्गतको सबैभन्दा उच्च चेतावनी हो ।

सन् २०१८ मा हङकङमा आएको शक्तिशाली आँधी ‘माङखुट’पछि पछिल्लो पटक जारी गरिएको यो पहिलो १० नम्बरको चेतावनी हो ।

२१० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बतास चल्ने साओला शहरको सिमसा सुई व्यवसायिक क्षेत्रबाट करिब ४० किलोमिटर दक्षिणमा मध्यरातमा वित्तीय केन्द्रको सबैभन्दा नजिक पुग्ने अब्जरभेटरीले जनाएको छ । साओलाको भुमरी राति करिब ८ बजेतिर शहरभरि घुम्दा यस क्षेत्रको लागि ‘उच्च खतरा’ उत्पन्न गरेको थियो ।

उक्त आँधी हङकङबाट पश्चिमतर्फ सर्दै जाँदा शनिबार हावा क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ ।

अब्जरभेटरीले तटीय क्षेत्रमा गम्भीर बाढी आउन सक्ने चेतावनी दिँदै माङखुटले रूख कटान गर्दा र शहरका भवनहरू भत्काइदिँदा पानीको अधिकतम सतह उस्तै हुन सक्ने बताएको छ ।

हालैका महिनाहरूमा, चीनले विभिन्न क्षेत्रहरूमा वर्षौंपछि अत्यधिक वर्षा र सबैभन्दा घातक बाढीको अनुभव गरेको छ, जसमा राजधानी बेइजिङको बाहिरी पहाडी भागहरूसहितका क्षेत्रमा सयौंको मृत्यु भएको छ ।