आजको पञ्चाङ्ग एवम् राशिफल (१६ भदौ २०८० शनिबार, २ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ भदौ २०८० शनिबार, २ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १६ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २ तारिख शनिबार भाद्रपद कृष्णपक्षको तृतीया तिथि उत्तरा भाद्रपद नक्षत्र शूल योग वणि करण आनन्दादिमा धूम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा भयो र सूर्यास्त साँझ १८ः२२ बजे हुनेछ ।

आजको राशिफल

मेष – बोलीको भरमा काम सम्पादन हुने र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । स्वास्थ्य सबल रहला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ भने व्यापारमा चाहिँ कम मात्र फाइदा होला । रसरागको भाव जागृत हुनेछ । सन्तानको सुख प्राप्त होला, आशा उत्साह बढ्नेछ ।

वृष – परिश्रमको तुलनामा कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । उठ्नुपर्ने रकम पनि हातलागी हुने योग रहेपनि मालमत्ता चोरी वा नष्ट हुने सम्भावना रहेकोले सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, प्रशंसकहरू बढ्नेछन् । काममा सहयोगीहरूले साथ दिनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आजको दिन अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । कामको दायित्व बढ्नेछ भने सामान्य खर्च पनि वृद्धि होला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, तथापि प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । कर्मबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमाउने योग छ ।

कर्कट – धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हात पर्ला । अध्ययन-अध्यापनमा रहेका बाधा फुक्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । प्रतिष्ठित काम गर्ने योग रहेको दिन छ । भाग्यबल वृद्धिका साथै रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्ति तथा पारिवारिक सुख मिल्नेछ ।

सिंह – विगतको श्रमबाट प्रशस्त धन लाभ हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । प्रशंसकहरू बढ्नेछन् । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँगको भेटघाटले उत्साह बढाउनेछ । रचनात्मकता, रसरागको भाव एवम् सुख बढ्नेछ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यसफलताको योग छ ।

कन्या – दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलतका साथै समस्याको समाधान मिल्नेछ ।

तुला – विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्ने सम्भावना रहेकोले अनावश्यक भ्रमणको कार्यक्रम रघ गर्नु हितकर होला । सामान्य स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना छ । यसका बाबजुद पारिवारिक जमघटमा मन रमाउने योग छ । कामबाट फुर्सद मिल्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । आफन्तको साथ मिल्नेछ ।

वृश्चिक – लेनदेनमा विवाद हुने समय भएपनि प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । केही विवादमा परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु हितकर होला । पराक्रम वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । शत्रुपक्ष परास्त हुनेछन् ।

धनु – विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । रोकिएका काम सम्पादन हुने र पठनपाठनमा प्रगति हुने समय छ । आर्थिक अभावले भने अलिक सताउनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । नयाँ काममा हात हाल्ने तथा स्थायी सम्पत्ति जोड्ने अवसर मिल्ला । व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – परिश्रम परेअनुसार काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । आर्थिक उपार्जनमा सुधार आउला । सहयोगीहरूले साथ दिनेछन् र धन आर्जन हुनेछ । पराक्रम र उत्साह बढ्ला । सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त होला । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ – आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी बढ्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ भने आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नपर्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । तथापि पुरानो समस्याले चाहँ केही झमेला आइलाग्न सक्छ । आरोग्यता बढ्नेछ, रसरागमा आकर्षण बढ्ला । वार्तामा सफलता मिल्नेछ । शत्रु परास्त होलान् ।