आजको पञ्चाङ्ग एवम् राशिफल (१७ भदौ २०८० आइतबार, ३ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ भदौ २०८० आइतबार, ३ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र १७ गते आइतबार तद्अनुसार सन् २०२३ सेप्टेम्बर ३ तारिख भाद्रपद कृष्णपक्षको चतुर्थी तिथि रेवती नक्षत्र गण्ड योग बब करण आनन्दादियोगमा प्रवर्द्ध योग चन्द्रमा मीन राशिमा १६ः०३ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः४३ बजे भयो र सूर्यास्त साँझ १८ः२१ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन सफलतादायी नै रहला । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ काम मिल्ने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । स्वस्थ्यप्रति भने विशेष सतर्कता अपनाउनु हितकर होला । विलासी काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट धन लाभ हुनेछ । आजको दिन चरित्रसम्वन्धी आरोप आउन सक्ने योग रहेकोले विपरीतलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । आयमूलक काममा आकर्षण बढ्नेछ । रचनात्मक काममा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नु हितदायी होला । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले आर्थिक लेनदेन नगरेकै बेस होला । विगतको श्रमबाट भने लाभ हुनेछ । परिवारजनसँग मतभेदको अवस्था पैदा हुन सक्छ, विवेकपूर्वक व्यवहार गर्नुहोला । आरोग्यता बढ्नेछ । रसरागको भाव जागृत हुने समय छ ।

कर्कट – विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तथापि, खर्चका बाध्यता धेरै आइपर्ने योग हुनाले योजना र बजेट बनाएर आर्थिक व्यवहार गर्नु हितकर होला । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – सामान्य कार्य सम्पन्न गर्न पनि चुनौती खडा हुने समय छ । विश्वासघातको सम्भावना रहेकोले आफ्नो योजना गोप्य राख्नु हितकर होला । विदेश स्थानान्तरको प्रयासमा हुनुहुन्छ भने काम अघि बढ्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर हुनुको साथै प्रेम प्रसङ्गमा रोमाञ्चकता वृद्धि हुनेछ । मित्रजनको साथ मिल्नेछ । रचनात्मक तथा कलात्मक कार्यमा सफलता मिल्नेछ ।

कन्या – व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुने समय भएपनि सोचेको समयमा सम्पादन गर्न चुनौती पैदा हुन सक्छ । आत्मीय जनसँग असमझदारी बढ्ने योग छ । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ भने पति–पत्नीबीचको सम्वन्ध सुमधुर रहला । निर्णायक क्षमतामा कमी आउने सम्भावना रहेकोले महत्वपूर्ण कार्य हालका लागि थाती राख्नु हितकर होला । आफन्तको साथ प्राप्त हुनेछ । अन्ततः समस्याको समाधान मिल्ने योग छ ।

तुला – स्वास्थ्यसमस्याको योग रहेकोले आजको दिन खानपानमा सजक रहनु हितकर होला । गोपनियतामा विशेष ध्यान दिनुहोला । आमदानीका अवसरहरू प्राप्त हुनेछन् । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विद्यार्थी वर्गका लागि दिन राम्रो छ । कार्यव्यपारमा सफलता पाप्तिका लागि योजना र बजेट बनाइ काम गर्ने प्रयत्न गर्नुहोला ।

वृश्चिक – आजको दिन त्यति शुभदायी नरहला । घरेलु समस्याले सताउने, मित्रजन र आफन्तहरुबाट समेत धोका मिल्ने योग छ । तपाईंका कमी-कमजोरीमाथि टिप्पणी होला । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । तथापि, बोलीको भरमा काम सम्पादन हुने समय छ । प्रेमबल वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – व्यस्तता बढ्नेछ । कृषिक्षेत्रबाट धन आर्जन होला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त होला । नियमित काममा लगनशील बन्न नसक्दा आलोचनाको शिकार बन्ने योग छ । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन मिश्रित फलदायी रहला । रोकिएको कामसमेत बोलीको प्रभावबाट सूचारु गर्न सकिनेछ । मित्रजनको विश्वास जितिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग छ । भेटघाटको अलमलले योजना कार्यान्वयन बिथोलिन सक्छ । सन्तान पक्षले प्रशन्नता दिलाउलान् । दायित्वलाई पूरा गर्न चुनौती देखापर्ला ।

कुम्भ – विगतको श्रमबाट धन लाभ हुने समय छ, तथापि आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ महसूस होला । आज निरर्थक यात्रा गर्नुपर्ने योग परेको छ, तर यात्रा टार्न साहे सफल हुनुहुनेछ । प्रेममा खटपटको अवस्था सिर्जना हुन सक्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ, सावधान रहनुहोला । साझेदारीको काम बन्नेछ भने मिठो भोजन प्राप्त होला ।

मीन – कर्मबल तथा सामर्थ्य बढ्नेछ । अरुको विश्वास आज सजिलै जित्न सकिएला । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । स्वास्थ्य भने केही कमजोर रहला । धार्मिक कार्यमा पनि खासै रुचि जाने छैन । आफन्तको साथ कमै मिल्ने योग छ ।