आजको पञ्चाङ्ग एवम् राशिफल (१९ भदौ २०८० मंगलबार, ५ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ भदौ २०८० मंगलबार, ५ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र १९ गते मंगलबार तद्अनुसार सन् २०२३ सेप्टेम्बर ५ तारिख भाद्रपद कृष्णपक्षको षष्ठी तिथि भरणी नक्षत्र ध्रुव योग ४ः१५ पर व्याघात् योग गर करण आनन्दादियोगमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ बजे भयो र सूर्यास्त साँझ १८ः२० बजे हुनेछ ।

आजको राशिफल

मेष – शुभता वृद्धि होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउने दिन छ । सानातिना घरेलु काममा आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अध्ययन-अध्यापनमा सुधार आउला । मनोरञ्जनपूर्ण समय छ । सुख–विलासका प्रसङ्गमा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ ।

वृष – आर्थिक पक्ष सुदृढ बनेपनि मनमा दोधारको अवस्था सिर्जना होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ । विलासी काममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नुका साथै बोली र व्यक्तित्वको प्रभाव बलियो रहनेछ ।

मिथुन – आजको दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सहयोग प्राप्त हुनेछ । नयाँ स्थानमा यात्राको सम्भावना छ, तर आज अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । व्यवसायिक या कार्यचापले प्रेमी-प्रेमिकासँगको सम्बन्धमा सामान्य चिसोपन देखिन सक्ने योग छ । आयबल र आरोग्यता बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । व्यापारमा पनि सफलता मिल्नेछ ।

कर्कट – कर्मबल बढ्नेछ । परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धनागमन हुन सक्छ । शरीरमा स्फूर्ति छाउला । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले आफ्ना अभिव्यक्तिलाई नियन्त्रणमा राख्नु हितकर होला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मानसम्मान प्राप्ति होला ।

सिंह – भाग्यबल बढ्नेछ । शरीरमा उत्साह र उमङ्गको समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक वातावरण चाहिँ अनुकूल नरहन सक्ने योग छ ।

कन्या – बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । पढाइलेखाइमा प्रगति हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ । प्रेमभाव वृद्धि होला । कार्यव्यपारमा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाएरमात्र कार्य अघि बढाउने प्रयत्न गर्नुहोला । समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रको लगानीले सन्तोष दिलाउनेछ । आजको दिन कसैसंग सामान्य विवाद वा झगडा हुन सक्छ । सवारी साधनको प्रयोगमा विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । बौद्धिक क्षेत्रको काममा सफलता मिल्नेछ । साहस वृद्धि होला । सुखसुविधाको वस्तु खरिदमा धन खर्च होला । आरोग्यता रहनेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि प्रतिष्पर्धामा तपाईंकै जित होला । कतै लामो दूरीको यात्रा गर्दैहुनुहुन्छ भने समय उत्तम छ । प्रेमभाव र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – व्यस्तता बढ्ला । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वसँग सम्बन्ध सुमधुर भइ त्यसबाट विशेष लाभ मिल्ने योग छ । बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल रहला । तर, गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ । आजको दिन नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछन् । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – नयाँ जिम्मेवारी हात पर्ने समय छ । आर्थिक पक्ष सबल छ तर स्वास्थ्यमा समस्या देखापर्ने योग छ । परिवारमा पाहुनाको चाप बढ्नाले महत्वपूर्ण समय नाश हुने सम्भावना छ । यसका बाबजुद धन, मान, महत्व बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।