आजको पञ्चाङ्ग एवम् राशिफल (२० भदौ २०८० बुधबार, ६ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० भदौ २०८० बुधबार, ६ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र २० गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ६ तारिख बुधबार भाद्रपद कृष्णपक्षको सप्तमी तिथि २०ः४० पर अष्टमी तिथि कृतिका नक्षत्र हर्षण योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१८ बजे हुनेछ । श्रीकृष्णजन्माष्टमी व्रत, मोहरात्रि, मानवबेचबिखन विरुद्धको राष्ट्रिय दिवस ।

आजको राशिफल

मेष – सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आजको दिन अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने परिवेश बन्नेछ ।

वृष – दिन शुभदायी छ । आश मारेको फल पुनः प्राप्त हुन सक्छ । तथापि, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने योग रहेकोले सचेत रहनुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिनु हितकर होला । आरोग्यता बढ्नेछ । रचनात्मक काममा सफलता एवम् पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन केही चुनौतीको सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुनेछ । कुनै पनि समस्याको समाधान प्राप्त होला । शत्रुपक्ष परास्त होलान् ।

कर्कट – दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिएला । सोख पूर्तिका लागि खर्च बढ्न सक्छ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, स्फूर्त रहने प्रयत्न गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्ने दिन छ ।

सिंह – कर्मबल बढ्नेछ । आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा असर पर्ला । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । भाग्यबल वृद्धि हुनेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – दौडधुप वृद्धि होला । आजको दिन तपाईंको इर्ष्या गर्नेहरु सक्रिय रहन सक्छन्, आफ्ना योजना गोप्य राखेर अघि बढ्दा लाभ पुग्ला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा भने केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सावधान रहनुहोस् । येजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आफ्ना अभिभावक तथा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले धैर्यपूर्ण व्यवहार गर्नु हितकर होला । रोकिएका काम बिस्तारै बन्नेछन् । आत्मविश्वास बढ्नेछ । अध्ययन–अध्यापनमा राम्रै प्रगति हुने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । प्रेमभाव र पराक्रम वृद्धि हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – आजको दिन मिश्रित फलदायी रहला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पु¥याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । आरोग्यता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्यप्राप्तिमा अवरोध पुग्ला । तथापि, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धी सजिलै परास्त होलान् । प्रेमभाव बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिने समय छ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । धनलाभको योग परेको छ, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । गरिएका कर्मको उचित प्रतिफल मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । मित्रजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।