आजको पञ्चाङ्ग एवम् राशिफल (२३ भदौ २०८० शनिबार, ९ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ भदौ २०८० शनिबार, ९ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र २३ गते शनिबार तद्अनुसार सन् २०२३ सेप्टेम्बर ९ तारिख भाद्रपद कृष्णपक्षको दशमी तिथि आर्द्रा नक्षत्र व्यतिपता योग वणि करण आनन्दादियोगमा मुद्गर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ बजेमा भयो र सूर्यास्त साँझ १८ः१४ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – पराक्रम वृद्धि हुने र परोपकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । प्रियजनसँगको भेटघाटले मन रमाउला । विलासी काममा सफलता मिल्नेछ । बौद्धिक र सृजनात्मक कामले सफलता पाउला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – समय चुनौतीपूर्ण छ । भौतिक साधनको क्षतिले धन नाश हुने योग छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । स्वास्थ्यका लागि खानामा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा पर्नुबाट बच्न यात्राको क्रममा सावधान रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोलीको प्रभाव बलियो बन्ला ।

मिथुन – दिन सामान्य छ । कुनै पनि समस्या वा अप्ठ्यारोमा साथ दिनेको कमी हुने छैन । नसोचेको व्यक्तिबाट पनि समर्थन मिल्ने योग छ । ठुला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । अनौठो खबर सुन्न पाइएला । आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – आयआर्जनको सिलसिलामा यात्रा हुने समय छ । आशा मारेको रकमा उठ्न सक्ने योगका साथै मन हर्षित रहला । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । खेलकुद तथा भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति रहने छ । मिठो भोजन प्राप्तिको समय छ ।

सिंह – रमाइलो यात्राको योग परेको दिन भएपनि आज कुनै पनि नयाँ काम भने नथाल्नुहोला । लेनदेको काम पनि नगर्नु नै हितकर हुनेछ । घरमा पाहुनाको आगमन होला । धनलाभको सम्भावना छ । आयबल बढ्नेछ । मित्रजन सहयोगी बनेर देखापर्नेछन् । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । स्वास्थ्यका लागि खानामा विशेष ध्यान दिनु हितकर हुनेछ । प्रेममा धोका मिलेको अनुभूति होला । कर्मबल वृद्धि हुने र सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने योग छ । तथापि, हरेक समस्याको समाधान मिल्नेछ ।

तुला – भाग्यबल वृद्धि हुनेछ । मन हर्षित रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आज स्वास्थ्य कमजोर रहन सक्ने हुनाले आहारविहारमा विशेष सतर्क रहनु हितकर हुन्छ । सोचेकोे काम समयमै सम्पन्न गर्न विशेष प्रयत्न लगाउनुपर्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । अध्ययन–अध्यापनमा सफलता पाउने तथा धर्मकर्ममा रुचि बढ्नेछ । परिवारका मान्यजनसँगको भेटघाटले मनमा हर्ष उल्लास छाउला । दौडधुप वृद्धि हुनेछ । दाम्पत्यसुख रहला । शुभ काममाआकर्षण बढ्नेछ । योजना र बजेट बनाएर मात्र कार्य गर्नु बेस होला ।

धनु – आजको दिन काममा जाँगर र जोश बढ्ला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । पारिवारिक सुख मिल्नुका साथै ब्यापार–व्यवसायमा पनि फाइदा हुने समय छ । प्रेमभाव र आरोग्य बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्ने समय छ । मिठो भोजन मिल्ला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – शारीरिक प्रतिस्पर्धाका कामतिर मन गएपनि सफलता प्राप्त गर्न भने सहज नहोला । आजको दिन ब्यर्थमा समय नाश हुने सम्भावना छ । मनमा उदासिनता बढ्ने योग छ भने काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन्, सावधान रहनुहोला । आरोग्यता भने वृद्धि होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कुम्भ – मनमा दुविधा रहे पनि सामाजिक काममा नाम रहने समय छ । स्वास्थ्यका दृष्टिकोणले पनि आजको दिन राम्रो छ । आर्थिक लाभ हुनुका साथै मान सम्मान पनि पाउन सकिन्छ । जागिरमा भने सजक रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण रहला ।

मीन – दिन शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिएला । विभिन्न सहयोग र उपहार पाइनेछ भने यात्राको योग रहेको छ । काम बन्नाले मन रमाृउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । व्यस्तता बढ्नेछ भने समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । वार्तामा सफलता मिल्नेछ ।