घट्यो गोलभेडाको मूल्य

घट्यो गोलभेडाको मूल्य

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ – आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले गोलभेडाको भाउ प्रतिकिलो ४५ रुपैयाँ तोकेको छ । समितिले आज तरकारी तथा फलफूलको बजार भाउ तोक्दै भारतीय गोलभेडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ कायम भएको जनाएको हो ।

यस्तै, आज सानो लोकल गोलभेडा ४५ रुपैयाँ, सानो गोलभेडा टनेल प्रतिकिलो ४९ रुपैयाँ छ । यस्तै, रातो आलुको थोक मूल्य ५७ रुपैयाँ र मुडेको आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ छ । यस्तै, सुकेको प्याजको मूल्य समेत घट्न थालेको छ ।

यसअघि, प्रतिकिलो ७३ रुपैयाँमा कारोबार भइरहेको भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ७१ रुपैयाँमा आइपुगेको छ । लोकल गाँजरको मूल्य प्रतिकिलो ८६ रुपैयाँ छ भने बन्दाको मूल्य प्रतिकिलो ७६ र स्थानीय काउलीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ छ ।

रातो मुलाको मूल्य किलोमा १०६, सेतो मूला किलोमा ११५ छ भने लाम्चो भन्टाको थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ र डल्लो भन्टाको मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । समितिका अनुसार बोडीको मूल्य किलोमा ९६ रुपैयाँ र तिते करेलाको ८६ तथा परवरको ५५ रुपैयाँ मूल्य छ ।