आजको पञ्चाङ्ग एवम् राशिफल (३० भदौ २०८० शनिबार, १६ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० भदौ २०८० शनिबार, १६ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र ३० गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १६ तारिख शनिबार भाद्रपद शुक्लपक्षको प्रतिपदा तिथि ८ः६ पर द्वितीया तिथि उत्तराफाल्गुणी नक्षत्र ७ः४७ पर हस्ता नक्षत्र शुक्ल योग बालब करण आनन्दादिमा उत्पात योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः६ बजे हुनेछ । गुंलाधर्म समाप्ति ।

आजको राशिफल

मेष – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै होला । लाभ कम भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । दाम्पत्य सम्बन्धमा भने केही चिसोपन पैदा हुन सक्छ, सावधान रहनुहोला । इर्षया गर्नेहरू सक्रिय रहने योग छ । सन्तानसुख र आमोदप्रमोदको परिवेश बन्नेछ ।

वृष – प्रेमभाव बढ्ने र पारिवारिक समस्याको समाधान मिल्ने दिन छ । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर जुर्ला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । तार्किक क्षमताले सम्मान र उत्साह दिलाउला । अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ, संयमता राखेर कार्य गर्नुहोला । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ भने विवेकपूर्ण व्यवहारले समस्याको समाधान प्राप्त हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिएला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ । तथापि, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । काममा चुनौती आइलाग्नेछन्, तसर्थ अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणका कार्यमा रुचि बढ्नेछ ।

सिंह – आजको दिन आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सरसापटमा धन खर्च हुने सम्भावना छ । स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । सोखले फजुल खर्च बढाउने समय छ, मितव्ययिता अपनाउनुहोला । रचनात्मकता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । प्रतिष्पर्धी परास्त होलान् । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । आरोग्यता वृद्धि हुनेछ । यात्रामा सफल रहला । आफन्तको साथ प्राप्त होला ।

तुला – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुनेछ । तथापि, पुराना सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न हुन सक्छ, सचेत रहनुहोला । लगानी वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । टाढाको यात्रा गर्ने मौका मिल्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । कतैै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिएला । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।

धनु – कर्मबल बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर सोखले खर्च बढाउन सक्छ, सचेत रहनुहोला । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुने समय भएपनि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सक्ने समय छ । शुभचिन्तकहरूसँग भेटघाट होला । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । आजको दिन विशेष सभा–समारोहमा सहभागी बन्ने मौका मिल्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्ने योग छ । प्रेमभाव वृद्धि होला । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।