बेपत्ता उपमेयरसँग प्रचण्डको भेट !

बेपत्ता उपमेयरसँग प्रचण्डको भेट !


माओवादीको तर्फबाट उपमेयर निर्वाचित भएर अमेरिका पुगेपछि उतै बेपत्ता भएकी दन्ता नेपाली दर्शनासँग प्रधानमन्त्री प्रचण्डले अमेरिकामा भेट गरेका छन् ।

कालिकोटको तिलगुफा नगरपालिकामा उपमेयर निर्वाचित दन्ता एउटा विशेष गोष्ठीमा सहभागी हुने बहानामा अमेरिका पुगेपछि उतै लुकेकी थिइन् । अमेरिकामा आयोजित माओवादीसमर्थकहरूको भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगेका प्रचण्डका बाबु-छोरीलाई दर्शनाले त्यहीँ भेटेर तस्बिर खिचाएकी छन् ।

यसरी नेपाल र नेपालीको बदनाम गर्ने उपमेयर दन्तालाई फिर्ता ल्याउने बारेमा प्रचण्डले कुनै कुराकानी गरेनन् । बरू अमेरिकामा समेत माओवादीहरूको बाक्लो उपस्थिति देखेर प्रचण्ड दङ्ग परेको बताइन्छ ।

अमेरिकालाई साम्राज्यवादी विशेषण दिँदै चर्को आलोचना गर्ने माओवादीहरूको अमेरिका मोहले उनीहरू वास्तवमा केका निम्ति हिंसात्मक युद्धमा लागेका थिए भन्ने गम्भीर प्रश्न जन्माएको छ ।