पुच्छरले कुकुर हल्लाएपछि-विधान श्रेष्ठ

पुच्छरले कुकुर हल्लाएपछि-विधान श्रेष्ठ


‘नयाँ जोगीले धेरै खरानी घस्छ’ नयाँ मुल्लाले धेरै नवाज पढ्छ अर्थात् हाउभाउ कटाक्षले धेरैलाई आकर्षण गर्न विज्ञापनको सहारा लिइन्छ । भनिन्छ यो युग नै विज्ञापनको युग हो । विज्ञापन पनि यति धेरै हुन थाल्यो कि विज्ञापन गरिएका वस्तुहरू त्यति स्वस्थकर टिकाउपूर्ण हुँदैन भनेर त्यसमाथिको विज्ञापन गर्नुपर्ने भइसकेको छ ता कि विज्ञापन पनि उचित होस् भनेर ।
इन्डोनेसियाको उपनिवेशबाट स्वतन्त्र भइसकेपछि सन् १९९९ मा पूर्वीटिमोरका राष्ट्रपति सनाना गुज्माआले आफ्ना अन्ध समर्थकबाट जताततै विज्ञापनयुक्त छताछुल्ल हुने गरी समर्थन गरिदिँदा दिक्क भएर कृपया मेरो प्रशंसामा हतार नगर्नुस् । म कुनै देवदूत होइन । वर्तमान समयमा म जिन्दगीको सबैभन्दा कठिन सरकारी परीक्षामा सामेले हुँदै छु । त्यहाँ मैले राम्रो गर्न सकेँ भने बल्ल प्रशंसा गर्नुहोस्, नत्रभने चोरऔंला देखाएर खबरदारी र र्सतक गराउनुहोला । यसैमा सबैको हित छ भनेर बाध्य भएर भन्नुभयो । स्वतन्त्र क्रान्तिकारी मोर्चा पूर्वीटिमोर पार्टीबाट राष्ट्रपति निर्वाचित भएका गुज्माओ अन्तत: सत्ताको कठिन परीक्षामा खरो उत्रिएर राजनेताको उपाधि पाउन सफल भए । तर, यहाँ भने ठीक उल्टो गतिमा सबथोक भइरहेछ । एउटा अत्यन्त भिजन भएको अब्बल दर्जाको शैक्षिक प्रमाणपत्र भएका बौद्धिक कहलिएका सबैभन्दा बढी आशा गरिएका डा. बाबुराम आजसम्मकै सर्वाधिक जम्बो मन्त्रिमण्डलसँगै आपराधिक गतिविधि, खुलेआम कमिशन र वहालवाला मन्त्री जयप्रकाश गुप्ता भ्रष्टाचारको आरोप पुष्टि भइसकेर जेलमा गएका व्यक्तिलाई गन्हाउँदा जाल काँधमा बोकेर हिँड्दा पनि सत्ता लिप्सामा जुकाजस्तै टाँसिएर बस्नु र तराई छुट्याउने मर्ज र सबमर्जको कुरा गरेर राष्ट्रिय अखण्डता र स्वाभिमानमा आँच आउँदा पनि ‘चु’ पनि नबोल्नुले इतिहासकै सबभन्दा खराब बहालवाला प्रधानमन्त्रीको संज्ञा पाउन कतिबेर लाग्दैन । त्रेतायुगका रामले एउटा धोबीले अर्काले लगेको स्वास्नीलाई पनि ल्याउने ? त्यति भन्दा पनि दुईजिउ भएकी सीतालाई बनवास पठाएर लोकको कुरामा ध्यान दिन्थे । तर, कलियुगका यी बाबुराम आफू मुस्ताङ गाडीमा चढ्ने तर आफ्नी श्रीमती टाइट पाइन्ट लगाएर आकर्षक व्यक्तित्वमा महँगो गाडी चढ्ने, कमिशनमा लिप्त रहने, कूटनीतिक मर्यादा उल्लङ्घन गर्नेहरूलाई पनि आफ्नो साइजमा ल्याउन नसक्ने बरु बेला-कुबेला उनीहरूको कामले प्रताडित रहनुले पनि यहाँ कुकुरले पुच्छर हल्लाएको होइन कि पुच्छरले कुकुर हल्लाएको प्रतीत हुन्छ । नचाइने कामहरू दबाबमा गरिएको स्वीकारोक्ति हुन्छ । पदचाहिँ छाड्नु कोही तयार हुँदैनन् ।
पैसा कमाउन चाहनेहरूले व्यापार गर्दा राम्रो हुन्थ्यो । राजनीति वेश्या र व्यापारलाई एकै ठाउँमा राखेर हेर्ने आँखाहरूले कहिल्यै पनि देश, जनता र समाजको भलो गर्न सक्छ भनेर भन्न सकिन्न । राजनीति फोहोरी खेल हो भनेर प्रमाणित गर्नेहरूलाई पनि नेतृत्वबाट हटाउने गरी कदम चाल्न आवश्यक भइसकेको छ । कमसेकम व्यापार गर्दा मुनाफा भयो भने आत्मसन्तुष्टि हुन्छ । वेश्यागमन गर्दा पनि क्षणिक समय भए पनि सन्तुष्टि हुन्छ राजनीति गरेर आफू नबने पनि आफ्नो देश र पार्टी नेताहरू राम्रो भएर गर्व गर्ने ठाउँ भइदिए हुन्थ्यो । त्यसले पनि एकप्रकारको सन्तुष्टि दिन्थ्यो । यहाँ त्यो पनि भएन र क्षणिक स्वार्स्थका लागि राजनीति गर्ने व्यक्तिहरू हावी हुँदै गए । जसले सङ्कटको घडीमा इमानदार भएर राजनीति गर्नेहरू क्रमश: समय-परिस्थिति नमिलेर पाखा लाग्दै गए । नेतृत्वबाट दर्शकदर्ीघामा बस्नलायक भए । जसको कारणले जहाँ आफ्नो सम्मान हुँदैन, अपमानबोधले ग्रस्त हुन्छ त्यहाँ जानुहुँदैन । त्यस्तो ठाउँमा जानु भनेको रिसको आवेगमा दक्षप्रजापतिको यज्ञमा सतीदेवी होमिएर मर्नुसरह हो । आदर्शवादी मानिसले आफ्नो जीवनमा आत्मसम्मानका लागि बाँचिरहेका हुन्छन् भन्ने कुरा नबुझ्दा यत्र, तत्र, सर्वत्र नाजायज नेतृत्व अपवित्र गठबन्धनबाट आइरहेको छ । अर्थशास्त्रमा एउटा भनाइ लोकप्रिय छ- खोटो मुद्राले असली मुद्रालाई विस्थापित गर्दछ । ?द्यबम mयलभथ भ्हतचबअतभम यगत नययम mयलभथ) नेपालको राजनीतिमा पनि यो कुरा खरो रूपमा उत्रिएको छ । अवसरवादीहरूले मात्र फाइदा उठाउने प्रवृत्तिले राजनीतिलाई तहसनहस गरिरहेको छ ।
अर्को कुरा प्रेम, राजनीति र युद्धमा जे कुरा पनि जायज हुन्छ भनेर प्रेममा गल्ती गरियो भने प्रेमी-प्रेमिकाको ज्यान पनि जान सक्छ । युद्धमा सानो गल्तीले धेरैको ज्यान जान सक्छ । राजनीतिमा गल्ती गर्दा देश, समाज, जनता र आफ्नो पार्टीले युगौंयुगसम्म दु:ख पाउन सक्छन् । महाभारत र रामायणको युद्धमा धरै क्षति हुनाका कारणहरू पनि त्यही थियो । तर्सथ प्रेम, राजनीति र युद्धमा जे पनि जायज हुन्छ भन्ने ठान्नेहरूले नै यो देशलाई गलत मोडमा लगेका छन् ।
यहाँ खास के भन्न खोजिएको हो भने कुकुरले पुच्छर हल्लायो भने त्यो स्वाभाविक हुन्छ । सानातिना कीरा, फटाङ्ग्राहरू धपाउन सहयोग पुग्छ । उसको त्यो गति आफ्ना मालिक र मित्रहरूलाई स्वागत गर्नमा पनि प्रयोग गर्दा सकारात्मक प्रभाव पर्दछ । तर, जब पुच्छरले कुकुरलाई नै हल्लाउन थाल्छ त्यहाँ अस्वाभाविक गतिविधि देखिनुका साथै बेथिति देखापर्छ । यदि यस्तो देखियो भने त्यो कुकुरमा विभिन्न रोग लागेको हुनुपर्छ । भित्री र बाहिरी घाउहरूले उसका सारा शरीर ग्रस्त भएर ऊ आत्तिएको हुन्छ जसको कारणले ऊ छटपटाइरहेको हुन्छ । वर्तमान सरकारका गतिविधिहरू जस्तै जनयुद्धताका गरिएका जनसत्ताको निर्णयलाई वैध मान्ने मन्त्रिपरिषद्ले गरेको निर्णय, पेट्रोलियम पदार्थको अभाव, बन्द, अराजकता, दण्डहीनता, जताजतै हाहाकार हुनुले पनि यो कुराको सङ्केत गरेको छ । सरकारले र संविधानसभाले एउटा निर्णय गर्छ । आफ्नै पार्टीका मानिसले प्रतिपक्षको भूमिका गर्छन् । हत्तु भएर प्रधानमन्त्रीले कतिपय नाजायज कुरामा सम्झौता गरिरहेका छन् ।
त्यसको अलावा हरेक पार्टीहरूमा वास्तविक आदर्शवादी राजनीति गर्नेहरू पछिल्लो ढोकाबाट बाहिरिन बाध्य हुनुपर्ने परिस्थितिको कारणले गर्दा पनि राजनीतिलाई मौकामा चौका हान्ने खेल सम्झिनु पनि पुच्छरले कुकुरले हल्लाउनु हो । राजनीतिमा खासगरी दुईवटा शब्द डी फ्याक्टो र डी जुरे भन्ने दुई शब्द प्रचलित छन् । वास्तविक रूपमा काम गर्ने र कानुनी रूपमा काम गरेको देखिने । चाहे असल काम होस् वा खराब मुख्य रूपमा गर्ने व्यक्ति अर्कै हुन्छ र प्राय: त्यो व्यक्ति देखिँदैन । तिनीहरूले भित्री रूपमा काम सिध्याएपछि लागू गर्ने व्यक्ति जसलाई आधिकारिक रूपमा मान्यता र श्रेय जाने देखिन्छ यसरी डिफ्याक्टोहरू डिजुरहुन पुग्छन् र डिजुरहरू डिफ्याक्टो पनि हुन सक्छन् । यसरी साधारण जनताले कानुनी र आधिकारिक धारणा मात्र बुझ्ने गर्छन् । वर्तमान समयमा हाम्रो देशको वातावरणलाई निम्न आशयमा व्यक्त गर्न सकिन्छ-
लथालिङ्ग देशको भताभुङ्ग चाला
ज-जसले सक्यो, उसै उसैले खाला
यही हो गणतान्त्रिक नयाँ नेपालको हाल
जनउत्तरदायी सरकारको कमाल
हाम्रा देशका नेताहरू ‘रोलमोडेल’ हुन नसकेपछि देश तीव्र गतिमा सिक्किमीकरण, भुटानीकरण र तिब्बतीकरणको बाटोमा जानुको विकल्प छैन । यहाँका नेताको आनीबानी, चरित्र, व्यवहार जे भन्नुस् आखिर हामी उल्टो गतिमा दौडिरहेको छौँ, परिणाम भयङ्कर दुर्घटना । त्यसैले यसलाई पुच्छरले कुकुर हल्लाएपछि हुने परिणति व्यहोर्न हामी र्सतक भएर प्रतीक्षामा बसौँ ।