आजको पञ्चाङ्ग एवम् राशिफल (१६ असोज २०८० मंगलबार, ३ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ असोज २०८० मंगलबार, ३ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १६ गते तद्अनुसार सन् २०२३ अक्टोबर ३ तारिख मंगलबार आश्विन कृष्णपक्षको चतुर्थी तिथि ९ः४२ पर पञ्चमी तिथि कृतिका नक्षत्र वज्र योग कौलव करण आनन्दादिमा गद योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ मा भयो र सूर्यास्त साँझ १७ः४७ बजे हुनेछ । मंगलचौथीव्रत, पञ्चमी श्राद्ध ।

आजको राशिफल

मेष – स्वास्थ्यसम्बन्धी समस्याले सामान्य रूपमा सताउने समय छ । केही खर्च पनि बढ्ला । धेरै बोल्ने बानीले दुःख पाइने योग भएकोले अनावश्यक बोलीमा लगाम लगाउनु हितकर हुनेछ । सन्तान पक्षबाट खोजेजस्तो सहयोग नपाउदा पीडानुभूति हुनेछ, धैर्य राख्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्न सक्छ ।

वृष – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने समय छ । जाँगरमा सुधार आउला । आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्न थल्नेछन् । आजको दिन आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्ने प्रयत्न गर्नु विशेष हितकर हुनेछ । समर्थन गर्नेहरू भेटिनेछन् । आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

मिथुन – काममा जोश-जाँगर बढ्नुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्ने समय छ । गरिआएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धनलाभको योग छ । उद्योग, कलकारखानामा लगानी गर्दा विशेष फाइदा हुने देखिन्छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । आफन्तको साथ मिल्नेछ ।

कर्कट – सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । घरपरिवारबाट सुखशान्ति मिल्ला । आय वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिष्ठान्न भोजनको आनन्द मिल्ला ।

सिंह – आजको दिन त्यत्ति शुभदायी नरहला । सोचेअनुरुप काम नहुने र सापटी दिएको रकम फिर्ता नहुने योग छ । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा अवरोध पुग्ने समय छ । खर्च वृद्धि होला । काममा मन लगाएपनि उपलब्धि हातपार्न मुस्किल हुनेछ । धैर्य राख्नुहोला । बौद्धिक र कलात्मक काममा भने सफलता मिल्नेछ ।

कन्या – शुभता र भाग्यबल बढ्नेछ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुने दिन छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्ने समय छ । सन्तान पक्षबाट सुख प्राप्त होला । धन मान महत्वमा कमी आउनेछैन । कुनैपनि समस्याको समाधान मिल्ने योग छ । यात्रा सफल रहनेछ ।

तुला – धैर्यधारण गरी परिश्रम गर्ने दिन रहेको छ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । आत्मबल बढ्ला । जोखिम वृद्धिका बाबजुद ब्यापारमा सोचेअनुरुपको फाइदा हुनेछ । विलासी काममा आकर्षण बढ्ला ।

वृश्चिक – अधुरा काम सम्पन्न हुने दिन रहेको छ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतिबाट लाभ हुनुका साथै धर्मिक कार्यमा संलग्न हुने समय छ । नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहला । सुख–सुविधाको वस्तु खरिदमा खर्च होला । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – शारीरिक तथा मानसिक आलस्यता बढ्ने खालको समय छ । केही विवादमा परिने सम्भावना रहेकोले बोली र व्यवहारमा सचेतना अपनाउनु हितकर होला । मनमा अनावश्यक डर पैदा हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि आजको दिन काममा बाधा दिनेले खासै प्रगती हुन नदेलान् । घर–परिवारमा खटपट पर्न सक्छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा सफलता मिल्ला । दाम्पत्य जीवन पनि सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । आरोग्यता रहनेछ । दिन रमाइलोको साथ बित्ला ।

मीन – उत्साहजनक समय रहनेछ । मनमा सद्विचार आउनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता मिल्ने योग छ । पराक्रम र आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ ।