आजको पञ्चाङ्ग एवम् राशिफल (१९ असोज २०८० शुक्रबार, ६ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ असोज २०८० शुक्रबार, ६ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १९ गते तद्अनुसार सन् २०२३ अक्टोबर ६ तारिख शुक्रबार आश्विन कृष्ण पक्षकोसप्तमी तिथि ९ः२७ पर अष्टमी तिथि आर्द्रा नक्षत्र वरियान योग बालव करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा भयो र सूर्यास्त साँझ १७ः४३ बजे हुनेछ । अष्टमी श्राद्ध, अष्टमी व्रत, गोरखकाली पूजा, महालक्ष्मी ब्रत समाप्ति ।

आजको राशिफल

मेष – रोकिएका काम पुनः सुरु हुन सक्ने र परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने समय छ । व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । मित्रजनको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्ला । शत्रुपक्ष परास्त होलान् । सन्तानसुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रम्ने योग छ ।

वृष – समय चुनौतीपूर्ण नै छ । खर्च र विवाद बढ्ने योग रहेकोले सजगता अपनाउनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर हुनेछ । पारिवारिक समस्या टरिसकेको छैन, धैर्य राख्नुहोला । शत्रुले सताउने योग रहेकोले सजक रहनुहोला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – दिन खुशीसाथ बित्ने देखिन्छ । धनलाभको योग छ । पढाइमा प्रगति होला । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछन् । प्रतिभा प्रदर्शनको अवसर जुर्ला । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – आयआर्जनमा राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । धनलाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । दौडधुप वृद्धि हुनेछ र मनोकूलको काम पनि बन्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नुका साथै उन्नति-पदोन्नति पनि हुनेछ ।

सिंह – रमणीय र सुखद यात्राको योग छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ला । नयाँ काम पाउने योग छ, धन कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला । आयबल बढ्ला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुका साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । आजको दिन टाढाको यात्रा नगर्नु हितकर होला । व्यर्थ खर्च हुने योग छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । तथापि, कर्मबल भने बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला – आजको दिन बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मन दुविधाग्रस्त रहला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने योग छ । यात्रा सुखद रहला ।

वृश्चिक – सोचेअनुरुप आर्जन हुनेछ । पठन–पाठनमा पनि प्रगति होला । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ । शुभ काममा आकर्षण बढ्ला । शत्रुपक्ष परास्त होलान् ।

धनु – काममा जोश र जागर बढ्ने समय छ । नयाँ कामको सुरुवात शुभदायी नै रहला । कामहरु सजिलैसँग बन्नेछन् । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता र दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र मनोरञ्जनात्मकत्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय खासै राम्रो नभएकोले हरेक कार्यमा विशेष सचेतना अपनाउनु हितकर होला । अनावश्यक डर, वादविवाद हुन सक्ने योग छ । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि केही मनमुटाव हुन सक्छ, सचेत रहनुहोला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले भने साथ दिनेछ, दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि सामाजिक काममा नाम रहने छ । मनमा दुविधा रहन सक्ने दिन छ । कार्यमा हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला । प्रेममिलन हुने र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – चल-अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी रहला । आर्थिक कारोवार बढ्ने समय छ । पराक्रम र आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम सफल रहला । वार्तामा सफलता मिल्नेछ । सुखविलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।