आजको पञ्चाङ्ग एवम् राशिफल (२५ असोज २०८० बिहीबार, १२ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ असोज २०८० बिहीबार, १२ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं.२०८० आश्विन २५ गते तद्अनुसार सन् २०२३ अक्टोबर १२ तारीख बिहीबार आश्विन कृष्ण पक्षको त्रयोदशी तिथि पूर्वाफाल्गुणी नक्षत्र शुक्ल योग गर करण १ः४० पर भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०२ मा भयो र सूर्यास्त सांझ १७ः३७ बजे हुनेछ । प्रदोष व्रत, त्रयोदशी श्राद्ध ।

आजको राशिफल

मेष – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तर, प्रयत्नका बाबजुद अवसरको फाइदा उठाउन मुस्किल पर्ने समय परेकोले काममा विशेष सावधानी अपनाउनुहोला । सवारीसाधनको प्रयोगमा पनि विशेष सतर्कताको आवश्यकता छ । तार्किक क्षमता बढ्नेछ । गीत-संगीतमा आकर्षण रहला ।

वृष – व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउने सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, सावधानी अपनाउनु हितकर हुनेछ । आजको दिन ब्यस्तताका साथै खर्च पनि बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । दाम्पत्य जीवन सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जाला । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुने समय छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध पुग्न सक्छ, सचेत रही कार्य गर्नुहोला । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको सम्भावना छ । सभा समारोहमा सम्मान प्राप्त हुने योग छ । रसरागमा आकर्षण रहला ।

सिंह – आजको दिन राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । पढाइलेखाइमा प्रगति गर्न नसकिने समय छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । खर्चसमेत बढ्ला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज स्वास्थ्यगत समस्याले भने सताउने देखिन्छ । आज अनावश्यक भ्रमण हुन सक्छ । उपचारमा खर्च हुने योग छ । तथापि, मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । आर्थिक काम बन्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । तर उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिएला । कर्मबल वृद्धि हुनेछ । शुभता बढ्नेछ । साझेदारीको काम बन्ला । आरोग्यता रहनेछ । प्रेमभाव बढ्ला । कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – विगतका समस्या बल्झिन सक्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापरेपनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । समयमा चिताएको काम सम्पादन नहुन सक्छ । मेहनतअनुसार फाइदा कमै होला । दौडधुप र जोखिम बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रा सफल रहला ।

कुम्भ – कामको चापबाट पनि फुर्सद पाइने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुख बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन – अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने योग छ । आरोग्यता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ ।