आजको पञ्चाङ्ग एवम् राशिफल (४ कार्तिक २०८० शनिबार, २१ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ कार्तिक २०८० शनिबार, २१ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ४ गते तद्अनुसार सन् २०२३ अक्टोबर २१ तारिख शनिबार आश्विन शुक्ल पक्षको सप्तमी तिथि पूर्वाषाढ़ा नक्षत्र सुकर्म योग गर करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०८ मा भयो र सूर्यास्त साँझ १७ः२८ बजे हुनेछ । फूलपाती, नवपत्रिका प्रवेश, त्रिपुष्कर योग १८ः३८ देखि १९ः२७ बजेसम्म ।

आजको राशिफल

मेष – आजको दिन अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । हुलमुलमा धनमाल हराउन सक्ने योग रहेकोले सावधान रहनुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको परिवेश बन्न सक्छ ।

वृष – सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तथापि, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । चोटपटकबाट बच्न तथा स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – समय शुभदायी छ । नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि राम्रै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सुख बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने खालको समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । आलस्यताले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – स्वास्थ्यसम्बन्धी सामान्य समस्या निम्तिन सक्ने योग भएकोले आजको दिन मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षतिले आर्थिक हानीे हुन सक्छ, सचेत रहनुहोला । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने समय छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, सचेत रहनुहोला । खर्च पनि सामान्यरूपले वृद्धि होला । तथापि, सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । साझेदारीमा फाइदा हुनेछ । सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनु हितकर होला । सोखले खर्च बढाउन सक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आरोग्यता र पराक्रम बढ्नेछ ।

वृश्चिक – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या निम्तिन सक्छ, सचेत रहनुहोला । अवसरलाई पछ्याउन विशेष प्रयत्न गर्नुहोला । रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सचेत रहनुहोला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुने योग छ ।

कुम्भ – आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा होला । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – कर्मबल बढ्नेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । यात्राको समय छ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।