✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १० गते तद्अनुसार सन् २०२३ अक्टोबर २७ तारीख शुक्रबार आश्विन शुक्ल पक्षको चतुर्दशी तिथि उत्तराभाद्रपद नक्षत्र हर्षण योग गर करण आनन्दादिमा ध्वज योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः११ मा भयो र सूर्यास्त सांझ १७ः२२ बजे हुनेछ । अखिल बलिपूर्ति ।
आजको राशिफल
मेष – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण तुल्याउला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । कार्यसम्पादन गर्ने क्षमता बढ्ला । परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
वृष – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट भने राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने सम्भावना रहेकोले सावधानीका साथ काम गर्नु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ, तर स्वास्थ्यका लागि आजको दिन आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने योग छ । सकारात्मक कर्ममा आकर्षण रहनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – भाग्यबल बढ्नेछ, तर इर्ष्या गर्नेहरूले काम बिगार्न सक्छन्, सचेत रहनुहोला । बुद्धिको विशेष उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । प्रयत्न गर्दा बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।
सिंह – मन लगाएर प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । उपलब्धिले थप उत्साह जगाउला । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति बढ्ला ।
कन्या – परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिने समय छ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । यात्रामा विशेष लाभ होला । साझेदारीको काम बन्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।
तुला – विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । आजको दिन सहयोगीहरूको भर नपर्नु नै हितकर होला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्ला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुने योग छ । आरोग्यता रहनेछ ।
वृश्चिक – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । तर, परिस्थितिअनुसार चल्न नखोज्दा दुःख आइलाग्न सक्छ, ध्यान राख्नुहोला । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आरोग्यता रहला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।
धनु – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत पनि वृद्धि हुने योग छ । व्यापारमा पनि फाइदा हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – पराक्रम बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ भने प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । चिताएको काम सम्पादन गर्न सकिनेछ । प्रतिष्पर्धीहरूको सक्रियताका कारण अधिकारका लागि केही संघर्ष हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । खर्च भने केही बढ्न सक्छ । आरोग्यता रहनेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया