भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा नौ यात्रुको मृत्यु

भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा नौ यात्रुको मृत्यु


भारतको आन्ध्र प्रदेशस्थित भिजियानगरम जिल्लामा दुई यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन् । उक्त रेल दुर्घटनामा नौ यात्रुको मृत्यु भएको छ भने करिव ४० यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् भने मृतकको परिवारका लागि क्षतिपूर्ति घोषणा गरिएको छ ।

दुर्घटना परेका रेलहरुमा ०८५३२ विशाखापट्टनम-पलासा यात्री र ०८५०४ विशाखापट्टनम-रायगडा यात्री विशेष रहेको इण्डियन रेलवेले जनाएको छ।

यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाइन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।