आजको पञ्चाङ्ग एवम् राशिफल (१६ कात्तिक २०८० बिहीबार, २ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ कात्तिक २०८० बिहीबार, २ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक १६ गते इ.सं. २०२३ नोभेम्बर २ तारिख बिहीबार कार्तिक कृष्णपक्षको पञ्चमी तिथि मगशिरा नक्षत्र ७ः१३ पर आर्द्रा नक्षत्र शिव योग कौलव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा भयो सूर्यास्त १७ः१८ बजे हुनेछ ।

आजको राशिफल

मेष – पराक्रम बढ्नेछ । साथीभाइको साथ प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ भने धन यश मान वृद्धि हुने समय छ । मनोकूलको काम बन्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । आजको दिन सकभर अरुको भर नपरेकै बेस हुनेछ ।

वृष – मान महत्व वृद्धि हुने तथा पुरस्कार प्राप्तिको सम्भावना रहेपनि पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसंग सामान्य मनमुटावको सम्भावना छ । आफन्तको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ । आर्थिक दृष्टिले समय राम्रै छ ।

मिथुन – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यताको लागि आजको दिन खानपानमा विशेष ध्यान दिनुहोला । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – लगानी वृद्धि हुनेछ । अरुको सहायता प्राप्त हुनेछैन । रसरागमा आकर्षण बढ्नेछ । आफ्नै बल विवेकले काम बन्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ ।

सिंह – यशवर्चश्व वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्ला । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुनेछ । जग्गा जमिनबाट पनि लाभ मिल्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ ।

कन्या – यश, वर्चश्व बढ्नेछ । उच्चाधिकारीको साथ मिल्ला । तथापि, न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही पर्खनुहोला । स्वास्थ्यमा सामान्य कमजोरी हुन सक्छ । खर्च पनि वृद्धि हुने योग छ ।

तुला – सफलताको लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्न सक्छ । तर, मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । धर्मकर्ममा निष्ठा बढ्ला । आरोग्यता रहनेछ ।

वृश्चिक – कार्यमा जोखिम बढ्नेछ । खर्च वृद्धि होला । दौडधुप तथा अस्तव्यस्तता वृद्धि हुन सक्छ । यसका बाबजुद चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । पारिवारिक असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । चोटपटकबाट बच्न विशेष ध्यान दिनु हितकर होला ।

धनु – दामपत्य सुखशान्ति बढ्नेछ । आरोग्यता पनि वृद्धि होला । साझेदारीको काममा सफलता प्राप्त गर्नुहुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । यात्रामा सफलता हात पर्नेछ ।

मकर – आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै उत्साह बढ्ला । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी वृद्धि होला ।

कुम्भ – प्रेमभाव बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोला । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – व्यस्तता बढेपनि प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भोगविलासमा आकर्षण रहला ।