आजको पञ्चाङ्ग एवम् राशिफल (१७ कात्तिक २०८० शुक्रबार, ३ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ कात्तिक २०८० शुक्रबार, ३ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक १७ गते इ.सं. २०२३ नोभेम्बर ३ तारिख शुक्रबार कार्तिक कृष्णपक्षको षष्ठी तिथि आर्द्रा नक्षत्र ८ः२७ पर पुनर्वसु नक्षत्र सिद्धि योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ मा भयो सूर्यास्त १७ः१७ बजे हुनेछ ।

आजको राशिफल

मेष – कार्य-व्यवहारमा प्रगति हुने समय छ । आशा उत्साह र पराक्रम बढ्ला । साथीभाइको साथ प्राप्त हुनेछ । यात्रामा सफल रहला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

वृष – धन सम्पत्ति र मान महत्व वृद्धि हुने समय छ । मित्रजनको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवाद हुनसक्छ, सावधानी अपनाउनुहोला ।

मिथुन – शुभता र आरोग्यता बढ्नेछ । ख्याति फैलिनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुनेछ ।

कर्कट – खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । लगानी तथा खर्च वृति होला । अरुको सहयोगको भर नपर्नु हितकर होला । परिश्रमको राम्रै प्रतिफल प्राप्त भएपनि आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता महसूस हुन सक्छ । रसरागमा भने आकर्षण बढ्नेछ ।

सिंह – रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ । विजयश्री प्राप्त होला । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कन्या – कर्मबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, सावधान रहनुहोला ।

तुला – सुख शान्ति सौभाग्य वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आरोग्यता रहनेछ ।

वृश्चिक – आजको दिन अरुको भरमा नबस्नु हितकर रहला । जोखिम बढ्नेछ । खर्च बढेपनि आर्थिक पक्ष सुदृढ बन्नेछ । स्वास्थ्यप्रति विशेष ध्यान दिनु उचित हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ ।

धनु – उन्नति पदोन्नतिको योग छ । साझेदारीको काममा सफलता प्राप्त गर्नुहुनेछ । मनोरञ्जनपूर्ण समय रहेको छ, तर आजको दिन अनावश्यक यात्राबाट भने जोगिनु हितकर हुनेछ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमसम्बन्ध वा दाम्पत्य जीवनमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व बढ्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धन आगमन हुने सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । आज बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम भइ व्यवहार गर्नुहोला ।

कुम्भ – प्रेमभाव बढ्नेछ र इष्टमित्रको साथ मिल्ने समय छ । सन्तानसुख बढ्ला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्ने योग छ ।

मीन – आजको दिन अरुको भर नपर्नु हितकर हुनेछ । व्यस्तता र दौडधुप वृद्धि होला । भय, भ्रम र खर्च बढ्ने योग छ । भोगविलासमा आकर्षण रहला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।