आजको पञ्चाङ्ग एवम् राशिफल (१८ कात्तिक २०८० शनिबार, ४ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ कात्तिक २०८० शनिबार, ४ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १८ गते तद्अनुसार सन् २०२३ नोभेम्बर ४ तारिख शनिबार कार्तिक कृष्णपक्षको सप्तमी तिथि पुनर्वसु नक्षत्र १०ः९ पर तिष्य नक्षत्र साध्य योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१७ मा र सूर्यास्त सांझ १७ः१६ बजे हुनेछ । त्रिपुष्कर योग १०:९ बजेसम्म ।

आजको राशिफल

मेष – व्यस्तता बढे पनि अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला । सभा–समारोहमा मान महत्व बढ्नेछ । आरोग्यता रहला। आमोदप्रमोदको अवसर जुर्ने योग छ ।

वृष – आजको दिन खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले ब्यवहार र बोलीमा लगाम लगाउनु हितकर होला । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहेपनि आँटेको काममा सफलता मिल्नेछ । प्रतिभाको उच्च मूल्यांकन हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन आत्मविश्वास बढ्नेछ भने रोकिएका काम बिस्तारै बन्नेछन् । ब्यस्ताताका बाबजुद जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले विशेष सावधानीको दरकार छ । जीवनसाथीसँग सामान्य मनमुटाव हुन सक्छ, सचेत रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय र समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – भेटघाटको अलमलमा पर्न सक्नुहुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आम्दानी बढ्ने समय छ । आरोग्यता रहनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जहितकर हुनेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त हुनेछन् । हासविलासमा आकर्षण बढ्नेछ । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – भाग्योदयको समय छ । आयवर्द्धक काममा आकर्षण बढ्ला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका मिल्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

तुला – धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने छ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

वृश्चिक – प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । उच्च महत्वाकांक्षाले केही नोक्सानी निम्त्याउन सक्छ, सचेत रहनु हितकर होला । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धनलाभको योग रहेको छ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।

धनु – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुने योग छ । योजना र बजेट बनाएर मात्र व्यवहार गर्नु उत्तम हुनेछ ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । लामो यात्रा सम्भावना छ भने साझेदारीमा राम्रै फाइदा हुनेछ । प्रेमभाव बका साथै दाम्पत्यसुख बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – आलस्यले गर्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – शुभता र प्रेमभाव बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहोला । बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । तर, अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । आफन्तको साथ भने कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।