आजको पञ्चाङ्ग एवम् राशिफल (१९ कात्तिक २०८० आइतबार, ५ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ कात्तिक २०८० आइतबार, ५ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक १९ गते इ.सं. २०२३ नोभेम्बर ५ तारिख आइतबार कार्तिक कृष्णपक्षको अष्टमी तिथि पुष्य नक्षत्र शुभ योग बालब करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१८ मा भयो सूर्यास्त १७ः१५ बजे हुनेछ ।

आजको राशिफल

मेष – व्यस्तता बढ्नेछ । विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । स्वास्थ्य पनि सबल रहनेछ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सावधान रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – पराक्रम वृद्धि हुनेछ । रोकिएको काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा पनि फाइदा हुनेछ । तर समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आफन्तको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्ने योग छ, सावधान रहनु होला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । मन प्रशन्न रहला ।

कर्कट – प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने र सम्मान मिल्ने समय छ । फलदायी काम सम्पादन हुनसक्छ । काममा आफन्तको सहयोग जुट्नेछ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । तर, स्वास्थ्यप्रति सजग रहनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आफ्नै बलविवेकले काम बन्नेछ ।

सिंह – परिवारजनको सहयोगले उत्साह बढाउनेछ । आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु हितकर होला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या – प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । आयबल बढ्नेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला – समय चुनौतीपूर्ण छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुने योग छ । यसका बाजुद कर्मबल बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

वृश्चिक – भाग्यबल र मान-महत्व वृद्धि हुने समय छ । व्यापार–व्यवसायमा लगानी बढ्ला । आफन्त, परिवारजनमा आत्मीयभाव वृद्धि हुनेछ । जीवनसाथीलाई भने केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याको अनुभूति हुन सक्छ । आजको दिन समाजले खराब ठानेका पात्रहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । समयले साथ दिनेछ ।

धनु – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । कठोर मिहिनेतले काममा सफलता प्राप्त गर्नुहुनेछ । अरुको भर नपर्नु हितकर होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । सन्तान र मित्रजनले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ – प्रतिस्पर्धीहरू प्रवल बन्न सक्ने समय छ । काममा बाधा हुन सक्छ । स्वास्थ्यप्रति ध्यान दिनु हितकर होला । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । यसका बाबजुद प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । सन्तानबाट सुख मिल्नेछ ।

मीन – मित्रजन एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । भय, भ्रम हट्नेछ । समृद्धि भोगविलासमा आकर्षण बढ्ला । पारिवारिक सम्बन्ध अलिक कमजोर बनेपनि आर्थिक समस्या समाधान हुने समय छ । सवारीसाधन र हातहतियार उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला ।