आजको पञ्चाङ्ग एवम् राशिफल (२० कात्तिक २०८० सोमबार, ६ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० कात्तिक २०८० सोमबार, ६ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २० गते तद्अनुसार सन् २०२३ नोभेम्बर ६ तारिख सोमबार कार्तिक कृष्णपक्षको नवमी तिथि अश्लेषा नक्षत्र शुक्ल योग तैतिल करण आनन्दादिमा सौम्य योग चन्द्रमा १४ः४१ बजेसम्म कर्कट राशिमा त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१८ मा भयो र सूर्यास्त साँझ १७ः१५ बजे हुनेछ ।

आजको राशिफल

मेष – ब्यस्तता बढ्ने दिन छ । भय÷भ्रमप्रति ध्यान दिनुपर्ला । मौका मिले पनि हातबाट अवसर गुम्न सक्छ, होसियार रहनुहोला । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । मान-महत्व बढ्नेछ । आरोग्यता रहनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – प्रतिष्ठित तथा कीर्तिमानी काम सम्पादन गर्ने अवसर जुट्ने समय छ । नयाँ काममा हात हाल्न सकिनेछ । मान र विद्या प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । पराक्रम वृद्धि हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । उच्च महत्वाकांक्षा र पराक्रमका कारण सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । खर्च लागे पनि चिताएको काम बन्नेछ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रामा सफल हुनेछ ।

कर्कट – खर्च बढ्ने र आर्थिक अभावले सताउन सक्ने समय छ । विपरीतलिंगी वा केही हितैषी मित्रहरूले भने समस्यामा साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । अस्वस्थताका बीच कामको बोझ बढ्ने योग छ । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – उच्चपदस्थ व्यक्तिबाट धोका हुन सक्छ, सचेत रहनु हितकर होला । आजको दिन स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । हासविलासमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहनेछ ।

कन्या – आय बर्द्धक काममा आकर्षण बढ्नेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । भोगविलासमा मन रमाउनेछ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । सन्तानपक्षबाट सुख प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।

तुला – प्रेम र मित्रताको बन्धन कसिने बेला छ । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । तामसिक तथा रासरागात्मक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी होला ।

वृश्चिक – आजको दिन विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्नाबाटै धोका पाइने योग रहेकोले सचेत रहनु हितकर होला । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु – दौडधुप वृद्धि हुनेछ । आज ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला, र मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । तर, लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । दाम्पत्यसुख बढ्नेछ । शत्रुपक्ष परास्त होलान् ।

मकर – विगतका कमजोरी सच्याउने अवसर जुर्ला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ पनि होला । तर, काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सावधान रहनुहोला । प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्ने समय छ । आजको दिन यात्रा वा सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला । पढाइलेखाइमा खास प्रगति नहोला । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । यी सबका बाबजुद कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न कठिन पर्ला । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।