आजको पञ्चाङ्ग एवम् राशिफल (२१ कात्तिक २०८० मंगलबार, ७ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ कात्तिक २०८० मंगलबार, ७ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक २१ गते इ.सं. २०२३ नोभेम्बर ७ तारिख मंगलबार कार्तिक कृष्णपक्षको दशमी तिथि मघा नक्षत्र ब्रह्मा योग वणि करण आनन्दादिमा काल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१९ मा भयो सूर्यास्त १७ः१४ बजे हुनेछ ।

आजको राशिफल

मेष – अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउला । अवसरको सदुपयोग गर्न विशेष सोचविचार राख्नु हितकर होला । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । साथीभाइबाट सहयोग तथा हौसला मिल्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

वृष – व्यस्तता वृद्धि हुनेछ । आज आयआर्जन राम्रै हुने समय छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतीत होला । आजको दिन स्वास्थ्यमा चाहिँ विशेष ध्यान दिनु उपयुक्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – आज सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । आर्थिक लाभ भने हुने नै देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाउनेछ । ब्यापार ब्यवसायमा फाइदा नै होला । पराक्रम र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आनन्द वृद्धि होला ।

कर्कट – आज समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न सहज नहोला । छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । श्रमको पनि समुचित मूल्यांकन नहुन सक्छ । आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यापार-ब्यवसायमा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तैपनि काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, सावधान रहनुहोला । सानातिना काममा समय बित्ने दिन रहेको छ । आरोग्यता रहला । नयाँ काममा सफलता मिल्नेछ ।

कन्या – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्ला । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आरोग्यता र आयबल बढ्नेछ ।

वृश्चिक – आजको दिन सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले पनि काममा बाधा दिन सक्ने योग छ । स्वास्थ्य सामान्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्ने सम्भावना छ । बुद्धि–विवेकको सही प्रयोगले समयलाई वशमा पार्न सकिनेछ ।

धनु – भाग्यवृद्धि हुनेछ । आज खास सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । पठन-पाठनमा प्रगति हुनेछ । शुभ काममा सफलता प्राप्त गर्नुहुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्तिको योग छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सावधान रहनुहोला ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीमा राम्रो फाइदा हुनेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । अरूका विषयमा चासो नलिनु उपयुक्त हुनेछ । विवादमा पर्नुबाट बच्ने प्रयत्न गर्नुहोला । जोखिममा नपर्नु हितकर होला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – दिन त्यत्ति सुखद नरहला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्यप्रति सतर्क रहनु हितकर हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला, सावधान रहनुहोस् । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सवारीमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सावधान रहनुहोला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । चुनौतपूर्ण दिन भएपनि शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानबाट सुख मिल्नेछ । भोगविलासमा आकर्षण रहला ।