आजको पञ्चाङ्ग एवम् राशिफल (२३ कात्तिक २०८० बिहीबार, ९ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ कात्तिक २०८० बिहीबार, ९ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक २३ गते इ.सं. २०२३ नोभेम्बर ९ तारिख बिहीबार कार्तिक कृष्णपक्षको एकादशी तिथि १०ः२ पर द्वादशी तिथि उत्तरा फाल्गुनी नक्षत्र वैधृति योग कौलव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ मा भयो सूर्यास्त १७ः१३ बजे हुनेछ । रमाएकादशी व्रत, गोवत्सद्वादशी ।

आजको राशिफल

मेष – सोचेभन्दा कमै फाइदा मिल्ने र आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्ने समय छ । श्रमको उचित मूल्य पनि नमिल्न सक्छ । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तथापि, आरोग्यता बढ्ने र आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।

वृष – सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउला । आयआर्जन राम्रै हुनेछ तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आफन्तको सहयोग प्राप्त होला ।

मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । व्यस्तता बढेपनि मनोकूलको काम सम्पन्न हुने योग रहेकोले मन प्रशन्न रहनेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ भने ब्यवसायमा राम्रै लाभ होला । आजको दिन काममा अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । अध्ययन–अध्यापन कार्यमा उत्साह भरिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने दिन छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । यशवर्चश्व वृद्धि हुनेछ । रोकिएको काम अघि बढ्ने योग छ ।

कन्या – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ, तर आज आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । काममा परिवारजनको साथ मिल्नेछ । हासविलास तथा खेलकुदलगायतका क्रियाकलापमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्ने देखिन्छ ।

तुला – सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्ला । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । रोकिएको कुनै विशेष काम छ भने आज पुनः प्रयत्न गर्नु हितकर हुनेछ । लगानी बढ्नेछ भने खर्चमा सामान्य वृद्धि होला । रसराग तथा विलासी कार्यमा आकार्षण रहनेछ ।

वृश्चिक – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । व्यापार-व्यवसायमा भने लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । आयस्रोत वृद्धि हुने योग छ । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नचिताएको ठाउँमा खर्च हुन सक्छ, मितव्ययी बन्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रा सफल हुनेछ ।

मकर – केही प्रतिस्पर्धा गर्नुपर्ने समय भएपनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । शत्रुपक्ष सक्रिय हुन सक्छ, तर जित तपाईंकै हुनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मित्रजनको साथ मिल्ने र सुख शान्ति प्राप्तिको योग छ ।

मीन – सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । दाम्पत्यसुख बढ्नेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । भय र भ्रम हट्नेछ समय छ ।