आजको पञ्चाङ्ग एवम् राशिफल (२४ कात्तिक २०८० शुक्रबार, १० नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ कात्तिक २०८० शुक्रबार, १० नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं.११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २४ गते तद्अनुसार सन् २०२३ नोभेम्बर १० तारिख शुक्रबार कार्तिक कृष्णपक्षको द्वादशी तिथि ११ः५० पर त्रयोदशी तिथि हस्ता नक्षत्र विषकुम्भ योग गर करण आनन्दादिमा अमृत योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ मा भयो र सूर्यास्त सांझ १७ः१२ बजे हुनेछ । प्रदोष व्रत, धनत्रयोदशी (धन्तेरस) ।

आजको राशिफल

मेष – आजको दिन केही चुनौतीपूर्ण महसूस हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन पैदा हुने योग छ । तथापि, खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । शत्रुपक्ष परास्त हुनेछ । मिठो भोजन र मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्ला । नयाँ कामको सुरुवात भने आज खासै राम्रो छैन । काममा हैरानी बढ्न सक्छ । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – व्यस्तता बढ्ने दिन छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । आय वृद्धि हुनेछ । मनोकूलको काम बन्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – विरोधिपक्ष सक्रिय रहन सक्ने समय भएकोले एकदमै सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । कृषि तथा पशुपालनले सन्तोष नदिएपनि व्यापारमा राम्रै फाइदा हुने योग छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छिनेछन् भने रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिनु हितकर होला । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला – लगानी वृद्धि हुनेछ सोअनुसार उन्नति पदोन्नति हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – यशवर्चश्व वृद्धि हुनेछ । व्यवसायका लागि यात्रा हुने सम्भावना छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । धन आर्जनको योग छ । दाम्पत्य जीवन सुखद रहला । धार्मिक कर्ममा आकर्षण बढ्नेछ । आरोग्यता रहनेछ । सुख–सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । शत्रुलाई परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नु हितकर हुनेछ । खेलकुद एवम् भ्रमणजस्ता कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । प्रेमभाव बढ्नेछ ।

मकर – भाग्यबल बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आरोग्यता रहनेछ । कर्मबलको साथै व्यस्तता वृद्धि हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्वm पूरा गर्नुहुनेछ । यात्रा सफल होला ।

कुम्भ – आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योगसमेत देखिन्छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । पढाइमा प्रगति होला । बढी मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

मीन – विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । चिताएको काम बन्ने देखिन्छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । दाम्पत्यसुख र आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।