गाजाको विद्यालयमा आक्रमण, ५० जना मारिए

गाजाको विद्यालयमा आक्रमण, ५० जना मारिए


गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको छ ।

बताइएअनुसार गाजाको अल-नासरनजिकै रहेको अल-बुराक स्कूल आसपासबाट शुक्रबार बिहान स्कूललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो ।

आक्रमणपछि करिब ५० जना मारिएका अल-सिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियालाई उद्धृत गरी एएफपीले जनाएको छ ।

मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको बताइएको छ ।