आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०८० मंगलबार, १४ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०८० मंगलबार, १४ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २८ गते तद्अनुसार सन् २०२३ नोभेम्बर १४ तारिख मंगलबार कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि १४ः३८ पर द्वितीया तिथि अनुराधा नक्षत्र शोभन योग बालव करण आनन्दादिमा वज्र योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२४ मा भयो र सूर्यास्त सांझ १७ः१० मा हुनेछ । गोवर्धन पूजा, म्हपुजा, गोरु पूजा, बलिपूजा, हलितिहार, ने.सं. ११४४ आरम्भ, मधुमेह दिवस ।

आजको राशिफल

मेष – ब्यस्तता बढ्नुका साथै आर्थिक उपार्जनमा सुधार आउनेछ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउला । परोपकारका कार्यमा मन जानेछ । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ भने प्रेममा सफलता मिल्ने समय छ । कृषिकार्यमा फाइदाको योग रहेको छ । अनुकूलता वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त होला ।

वृष – बोलीको प्रभाव बढ्ने र आर्थिक समुन्नति मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने मानसम्मान एवम् धनलाभ होला । आर्थिक कारोबार हुने दिन रहेको छ । आफन्तसँग भेटघाटको अवसर मिल्ने देखिन्छ । दाम्पत्य सुख र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख रहनेछ । उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन केही चुनौतीयुक्त रहला । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कुनै कार्यको सफलता मिल्ने बेलामा बादविवाद हुन सक्छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्ने योग भएकोले विशेष सचेत रहनु हितकर होला । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । आरोग्यता रहने र साहस कायम हुनेछ । यात्रा सफल रहनेछ ।

कर्कट – आँटेगरेका काम पूरा भइ धनलाभ हुनसक्ने समय छ । धार्मिक तथा सामाजिक कामको दायित्व थपिन सक्छ । मानसम्मान मिले पनि मनमा कता–कता डरको भाव रहला । तथापि व्यवसायमा अनुकूल परिवर्तनको योग छ । आरोग्यताका साथै प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । पारिवारिक सुख मिल्ने दिन छ ।

सिंह – दिन सुखमय रहला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । नसोचेको ठाउँबाट आर्थिक लाभको सम्भावना छ । व्यस्तताका साथै धन मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या – आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्ला । व्यावसायिक यात्राको सम्भावना छ । सहयोगीहरूबाट उचित सहयोग पाइएपनि पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटावको योग रहेकोले सावधान रहनुहोला । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनुहोला । पारिवारिक समस्याले पिरोल्ने समय भएपनि बिस्तारै समाधानतिर उन्मुख हुनेछ । केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । स्वास्थ्यगत समस्या रहला । यसका बाबजुद विलासी काममा आकर्षण बढ्नेछ । यात्रामा रुचि रहला ।

वृश्चिक – समय राम्रो छ । कठिन काममा सक्रियता बढ्ला । आजको दिन पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । अध्ययन–अध्यापनमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्ने र काममा उत्साह जाग्ने योग छ । आरोग्यता र सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – आजको दिन रमाइलैसँग बित्ला । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । सन्तानपक्षबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछ । खेलकुद र भ्रमणका कार्यमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – दिन मिश्रित फलदायी रहला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तर घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् । व्यस्तता वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त होला । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्ने योग समेत रहेकोले धैर्यशील रहनु हितकर हुनेछ । कर्मबल बढ्नेछ तर लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन दुर्गमस्थानको भ्रमण या कतै यात्राको सम्भावना छ । विद्यार्थी वर्गको पढाइलेखाइमा प्रगति हुनेछ । काममा सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । तर, अनावश्यक खर्च हुने, कर्जा बढ्ने र चोटपटक लाग्न सक्छ, सावधान रहनुहोला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।