टोकियोस्थित इजरायली दूतावासनजिकै शंकाष्पद किसिमबाट कार दुर्घटना

टोकियोस्थित इजरायली दूतावासनजिकै शंकाष्पद किसिमबाट कार दुर्घटना


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

टोकियोमा इजरायली दूतावासनजिकै ब्यारिकेडमा कार ठोक्काएर गराइएको दुर्घटनामा इजरायल-हमास द्वन्द्वका कारण ग्यास सुरक्षाको लागि सुरक्षामा खटिएका एक प्रहरी अधिकारी घाइते भएका छन् ।

गाजा पट्टीमा इजरायलको आक्रमणको विरोधमा विभिन्न व्यक्ति र समूहहरूले दुतावासको अगाडि प्रदर्शन गरिरहेका बेला बिहीबार दूतावासको उत्तरपश्चिममा करिब ६० मिटरको दूरीमा कडा सुरक्षाबीचमा यो घटना भएको हो ।

इजराइली दूतावासलाई निशाना बनाएर कार ठोक्काइएको हुनसक्ने आशंकामा ५० वर्षीय कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियमित कार्य गर्न अवरोध गरेको अभियोगमा घटनास्थलबाटै दक्षिणपन्थी समूहको सदस्यलाई पक्राउ गरेको जापान प्रहरीले जनाएको छ । उक्त घटनामा जापानी प्रहरी अधिकारीलाई औंलामा चोट लागि भाँच्चिएर घाइते भएको पनि बताइएको छ ।

ज्ञातव्य छ, इजरायलको सेनाले अक्टोबर ७ मा एक घातक सीमापार हमला गरेपछि प्यालेस्टिनी लडाकु समूह हमासलाई जरैदेखि उखेल्ने प्रयासको रूपमा गाजामा आक्रमणलाई तीव्र पार्दै आएको छ । यस घटनाको पक्ष र विपक्षमा विभिन्न प्रतिक्रियाहरु सार्वजनिक हुँदै आएका छन् ।