तोलामा दुई हजार ३ सयले बढ्यो सुनको मूल्य

तोलामा दुई हजार ३ सयले बढ्यो सुनको मूल्य


सुनको मूल्य एक तोलामै २ हजार ३ सय रुपैयाँले बढेको छ । तिहार सकिएपछि पनि सुनको मूल्य बढ्नु सामान्य मानिएको छैन ।

गत कात्तिक २७ गतेदेखि बन्द रहेको सुनको कारोबार आज शुक्रबार खुल्ला भएकै दिन भारीमात्रामा बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मुख्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँ तोलामा किनबेच भइरहेको छ ।