राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायधीश निवासमा नेपाली रंग ‘फेसन’को प्रयोग

राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायधीश निवासमा नेपाली रंग ‘फेसन’को प्रयोग


अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधानन्यायाधीशको निवासमा पुग्नुभयो भने चिटिक्कसँग रङ्गरोगन गरिरहेको दृश्य देख्न सक्नुहुन्छ ।

प्रधानमन्त्री निवास, प्रधानमन्त्रीको सचिवालय, पार्किङ क्षेत्रवरिपरि भएका भवन तथा रुखहरूमा पनि रातो र सेतो रंग लगाएर आकर्षक देखाइएको छ ।

तिहारको अवसर पारेर यी सबै ठाउँका रङ्गरोगन नेपालमा उत्पादन भएको फेसन पेन्ट्स प्रयोगमार्फत गरिएको हो । यी सबै कार्यालयको भवन, कम्पाउन्ड र पर्किङस्थल तथा त्यहाँ भएका गमलाहरूमा समेत रातो, सेतो र अन्य रगंहरु मिलाएर लगाइएको छ ।

अन्य विदेशी पेन्ट्स भन्दा नेपाली पेन्ट्सको गुणस्तर पनि कम छैनन् भन्ने बलियो प्रमाण त्यहाँबाट सजिलै देख्न सकिन्छ ।

विगत ७ वर्षदेखि नेपालमै उत्पादन सुरु गरेर नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको यो पेन्ट्स स्तरीय रहेको बताइएको छ । अन्य विदेशी पेन्ट्स जस्तै फेसन पेन्ट्सको गुणस्तरमा कुनै पनि कमी नभएको र मूल्य पनि कम रहेकाले यो सरकारी रोजाइमा परेको बताइएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश जस्ता देशका प्रमुख व्यक्तिहरूको निवास र कार्यालयमा फेसन पेन्ट्स प्रयोग हनु गौरवको विषय भएको कम्पनीका सीईओ सञ्जीव पुडासैनीको भनाइ छ । पुडासैनीले नेपाली उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । ब्रान्डको नाममा चर्को मूल्यमा विदेशी पेन्ट्सको प्रयोग गरेर आफ्नो देशको पैसा विदेश पठाउनुभन्दा आफ्नै देशको स्तरीय पेन्टस् प्रयोग गर्नसके नेपाली उद्योग पनि स्थापित हुने देखिन्छ ।

‘सबैले साथ र सहयोग गर्ने हो भने हामी एक दिन पक्कै स्वावलम्बी हुनेछौँ’, पुडासैनीले भने ।