आजको पञ्चाङ्ग एवम् राशिफल (५ मङ्सिर २०८० मंगलबार, २१ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ मङ्सिर २०८० मंगलबार, २१ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ५ गते इ.सं. २०२३ नोभेम्बर २१ तारिख मंगलबार कार्तिक शुल्क पक्षको नवमी तिथि शतभिषा नक्षत्र व्याघात योग बालव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३० मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । कुष्माण्ड नवमी ।

आजको राशिफल

मेष– आज भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । मान-सम्मान प्रतिष्ठा पाइनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बितेपनि साथ-सहयोग दिनेहरू बढ्नेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ, आरोग्यता रहनेछ । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रा सफल रहला ।

वृष – कर्मबल बढ्ने समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । तथापि, परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोला । इष्टमित्रको सहयोग एवम् परिवारिक सुख बढ्नेछ ।

मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायमा भने कममात्र फाइदा होला । आर्जित धन तत्काल खर्च हुन सक्ने योग छ । सामर्थ्य बढ्नेछ । आरोग्यता रहला । बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व बढ्नेछ ।

कर्कट – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । नयाँ काममा हात हाल्ने योजना छ भने शुरु गर्दा राम्रै हुनेछ । दौडधुप बढेपनि सुख वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने र उद्योग तथा व्यापारमा विशेष फाइदा हुने समय छ । टाढाको यात्राको पनि योग रहेको छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ । विजयश्री प्राप्त होला ।

कन्या – गरिएका कर्मको उचित प्रतिफल पाइने दिन छ । कामको चाप होला तर राम्रै धन आर्जन हुने योग छ । व्यावसायिक यात्रा सफल हुनेछ । दाम्पत्यजीवन रमाइलो रहनेछ । साझेदारीको काममा भने समस्या आउन सक्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागको भाव वृद्धि होला ।

वृश्चिक – व्यस्तता बढ्नेछ तर विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । रसरागमा रुचि रहला । शुभ समाचार प्राप्त हुने समय छ ।

धनु – पराक्रम, धन, मान, महत्व बढ्नेछन् । आरोग्यता रहनेछ । कार्यसम्पादन क्षमता बढ्नेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । सुख वृद्धि हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रामा सफलता हात पर्नेछ ।

मकर – महत्वपूर्ण काममा सफलता प्राप्त हुने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । तथापि, गल्तीबिनै आरोप लाग्न सक्ने योग छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्को सहयोग प्राप्त होला ।

कुम्भ – आजको दिन परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने समय छ, होसियार रहनुहोला । आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनुहोला । आरोग्यता रहला । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । भय भ्रम हट्नेछ । भोगविलासमा आकर्षण रहला ।