आजको पञ्चाङ्ग एवम् राशिफल (७ मङ्सिर २०८० बिहीबार, २३ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ मङ्सिर २०८० बिहीबार, २३ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ७ गते इ.सं. २०२३ नोभेम्बर २३ तारिख बिहीबार कार्तिक शुल्क पक्षको एकादशी तिथि उत्तराभाद्रपद नक्षत्र बज्र योग वणि करण आनन्दादिमा छत्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । हरिबोधनी एकादशीव्रत, तुलसी विवाह ।

आजको राशिफल

मेष – पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम छ भने आज पुनः प्रयास गर्नु उत्तम हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नु हितकर होला । आफन्तसुख प्राप्त हुनेछ । साथीभाइको साथ र यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – विभिन्न अवसरले पछ्याउने तथा रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । तथापि, व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा पनि सामान्य कमजोरीको अनुभूति होला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला । आयबल भने बढ्नेछ । परिवारिक सुख र स्मरणीय यात्राको योग छ ।

मिथुन – कर्मबल बढ्नेछ तर स्वास्थ्य कमजोर रहेपनि जिम्मेवारी भने बढिरहने समय छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा पनि मन जानेछैन । आजको दिन नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भने नजिकिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । कर्मको ख्याति फैलिने योग छ ।

कर्कट – दिन चुनौतीयुक्त रहला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ भने विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रतिकुलताका बाबजुद खेलकूद, भ्रमण, रसराग आदिमा आकर्षण बढ्नेछ । बल–विवेकको सही प्रयोगले बिग्रन लागेको काम पजि बन्ने सम्भावना छ ।

सिंह – दौडधुप बढ्नेछ तर रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या – टाढाको यात्राको सम्भावना छ । अध्ययन–अध्यापनमा समय दिन नसकिएला । आजको दिन लेनदेन नगर्नु हितकर हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्यगत समस्याले सताउन सक्ने योग रहेकोले सावधान रहनुहोला । अनावश्यक जमघटले काममा बाधा दिनसक्छ । बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउने समय छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – सोचेको काम बिस्तारै बन्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । स्वास्थ्यसम्बन्धी समस्याले भने सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न रहला । तपाईंका कमी–जोरीमाथि टिप्पणी हुन सक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागमा मन जाला ।

वृश्चिक – सानातिना काम या घरेलु समस्यामै अल्झनुपर्ने समय छ तापनि अचानक प्रतिष्ठित कामको जिम्मेवारी मिल्न सक्ने योग छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्नेछ भने भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा रुचि बढ्नेछ । समय तपाईंकै पक्षमा रहला ।

धनु – व्यस्तता बढ्ने समय छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । आरोग्यताा रहनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ भने यात्रामा सफलता हात पर्नेछ ।

मकर – पराक्रम बढ्नेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा आर्जन होला । आर्थिक कारोबार हुने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नेछ, नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मित्र एवम् आफन्तजनको साथ-सहयोग मिल्नेछ ।

कुम्भ – अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता बढ्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ, तर उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । भय र भ्रम हट्ने समय छ ।