करिव दुई सातादेखि सुरुङमा फसेका मजदुरलाई आज बाहिर निकालिँदै

करिव दुई सातादेखि सुरुङमा फसेका मजदुरलाई आज बाहिर निकालिँदै


भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सिल्कारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्धारका लागि विभिन्न निकायको काम अन्तिम चरणमा पुगेको छ । यसलाई ध्यानमा राखेर एम्बुलेन्स तयार राखिएको छ भने घटनास्थलमै चिकित्सकहरु बोलाइएको छ ।

विगत केही दिनदेखि सिल्कियारा सुरुङमा फसेका ४१ जना मजदुरलाई एक एक गरी बाहिर निकाल्ने जिम्मेवारी राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) को १५ सदस्यीय टोलीलाई दिइएको छ ।

मजदुरलाई बाहिर निकाल्न भग्नावशेष छेडेर ८०० एमएम व्यासको स्टिल पाइप हालेर बाटो तयार गरिँदै छ, जसको निर्माण अन्तिम चरणमा पुगेको छ । कामदारलाई आज जुनसुकै बेला निकाल्न सकिने बताइएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी आफै उत्तरकाशीमा छन्, एनडीआरएफका सेकेन्ड इन कमाण्ड रविशंकर बधानीले भने कि एनडीआरएफका सिपाहीहरूले कामदारहरू फसेको पाइपमार्फत भग्नावशेषको अर्को छेउमा कसरी पुग्ने भन्ने अभ्यास गरेका छन् ।

कामदारलाई बाहिर निकालेपछि ४१ एम्बुलेन्समा चिल्यानसौर सामुदायिक स्वास्थ्य केन्द्र लगिने तयारी छ । सो स्थानमा ४१ शैयाको अस्पताल तयार गरिएको छ । अस्पतालमा कामदार लैजान ग्रीन कोरिडोर पनि बनाइएको छ । यदि आवश्यक भएमा कामदारहरूलाई ऋषिकेश एम्समा एयरलिफ्ट गर्न सकिने व्यवस्था मिलाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ज्ञातव्य छ, सिल्क्यरा सुरुङ दुर्घटना गत नोभेम्बर १२ मा बिहान ४ बजेदेखि थुनिएका छन् । सुरुङको प्रवेश बिन्दुको २०० मिटरभित्र ६० मिटरसम्म माटो थुप्रिएको थियो । ४१ जना मजदुर सुरुङभित्र फसेका छन् । सुरुङमा फसेका कामदारहरू बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, ओडिशा, उत्तराखण्ड र हिमाचल प्रदेशका छन् । यो सुरुङ चारधाम सडक आयोजनाअन्तर्गत निर्माण हुन लागेको हो ।