घलेम्दी हाइड्रो लिमिटेडका हकप्रद सेयरमा आज (१० मंसिर) देखि आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
१ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ २ कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीको हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।
प्रतिक्रिया