दशैंमा ल्याएका च्याङग्रा अझै बिकेनन्

दशैंमा ल्याएका च्याङग्रा अझै बिकेनन्


  • सुरेन्द्र सुवेदी, काठमाडौं

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खरिद गरेका च्याङ्ग्रा अझै बिकिसकेका छैनन् । कम्पनीले दशैंमा उपभोक्तालाई सहज मूल्यमा उपलब्ध गराउने भन्दै ५ सय ४२ च्याङरा ल्याएको थियो ।

यसरी ल्याएका च्याङ्ग्रामध्ये दशैंमा २ सय ४७ वटा बिक्री भएको कम्पनीले जनाएको छ । दशैंपछि बाँकी रहेका २ सय ७५ मध्ये तिहार र छठमा १ सय ८४ वटा बिक्री भएको कम्पनीकी सूचना अधिकारी सर्मिला सुवेदीले बताइन् । उनका अनुसार अब ९१ वटा बाँकी छन् । अब बाँकी रहेकालाई मासु व्यापारीहरुसँग समन्वय गरेर बिक्री गर्ने तयारी कम्पनीले गरिरहेको छ ।

च्याङ्ग्रा प्रतिकिलो १ हजार २ सय ६०, १ हजार २ सय ३५ र १ हजार १ सय ५० गरी तीन वर्गमा बाँडेर मूल्य निर्धारण गर्दै बिक्री गरिएको सूचना अधिकारी सुवेदीले घटना र विचारलाई बताइन् ।