प्रहरीद्वारा भन्सार छलीका चकलेट बरामद

प्रहरीद्वारा भन्सार छलीका चकलेट बरामद


भन्सार छलेर नेपाल ल्याइँदै गरेको ८८ हजार ४ सय ८० रुपैयाँका चकलेट पर्सा प्रहरीले बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–६ बाट थ्याङक्यु चकलेटका ६४ डिब्बा, क्रिकेट ५३ डिब्बा, फ्रेस मिल्क २ सय ८८ डिब्बा, डेडी लभ २ सय २४ डिब्बा, ह्वाइट लेण्ड २६ डिब्बा र कोट्को ४८ डिब्बा बरामद भएको प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

बरामद भएका चकलेट वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ ।