सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको भाउ स्थिर

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको भाउ स्थिर


नेपाली बजारमा सुनको भाउले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलबार पनि ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

गत आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य भने मंगलबार स्थिर छ ।