त्रिशुली जलविद्युतको सेयर नेप्सेमा आजदेखि कारोबार गर्न सकिने

त्रिशुली जलविद्युतको सेयर नेप्सेमा आजदेखि कारोबार गर्न सकिने


त्रिशुली जलविद्युतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएसँगै बुधबारबाट कारोबार सुरु हुने भएको छ ।

मंगलबार नेप्से कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गरेसँगै बुधबारबाट कारोबार सुरु हुने भएको हो ।

नेप्सेले दोस्रो बजारमा कम्पनीको सेयर कारोबारको लागि टिभिसिएल कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारको लागि ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।